Comments Add Comment

सामसुङ ‘एस-६’ बैशाख ९ गते नेपाली बजारमा, मूल्य ८५ हजार

Samsung-gyalexy-s6-2
१७ चैत, काठमाडौं । सामसुङको बहुप्रतिक्षित स्मार्टफोन ग्यालेक्सी ‘एस-६’ र ‘एस-६ एज’ बैशाख ९ गते नेपाली बजारमा भित्रिने भएको छ ।

सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएसले दुबै स्मार्टफो ३२ जीबी स्टोरेज क्षमतामा भित्राउने जनाएको छ ।

नेपाली बजारमा ३२ जीबीको ‘एस-६’ ८५ हजार रुपैयाँ र ‘एस-६ इज’ ९५ हजार रुपैयाँको हाराहारीमा पर्ने आइएमएसका अध्यक्ष दीकेश मलहोत्राले अनलाइनखबरसँग बताए ।

‘अहिलेसम्म एस-६ को ८३ हजारदेखि ८५ हजार रुपैयाँसम्म र एस-६ इजको ९३ हजारदेखि ९५ हजारसम्म पर्ने अनुमान छ’ मलहोत्राले भने- ‘अझै हामी सामसुङसँग मूल्य घटाएर नेपालमा लञ्च गर्ने प्रयासमा रहेका छौं ।’

सामसुङले भारतमा चैत ९ गते दुबै मोडलको मिडिया लञ्च गरिसकेको छ । भारतमा ३२ जीबीको ‘एस-६’ को मूल्य ७९ हजार ८ सय ४० नेपाली रुपैयाँ तोकिएको छ भने ‘एस-६ इज’ को ९५ हजार ८ सय ४० रुपैयाँ तोकिएको छ ।

Samsung-gyalexy-s6

नेपाली बजारमा पनि सकेसम्म भारतमा भन्दा कम मूल्यमा र नभए भारतमा पाइने मूल्यमा दुबै स्मार्टफोन भित्राउने प्रयास भइरहेको मलहोत्राले बताए । त्यही भएर अहिलेसम्म यति नै मूल्य भनेर तोक्न नसकेको उनको भनाई छ ।

प्रि-बुकिङ सरू

आइएमएसले बुधबारदेखि दुबै स्मार्टफोनको प्रि-बुकिङ सुरु गर्ने जनाएको छ । प्रि-बुकिङ गर्ने ग्राहकहरुलाई कम्पनीले धेरै फेसिलिटिजहरु उपलब्ध गराउने मलहोत्राले जानकारी दिए ।

‘प्रि-बुकिङकर्तालाई विभिन्न एसेसोरिज वा अन्य गिफ्टहरु उपलब्ध गराउने योजनामा छौं’ मलहोत्राले भने- ‘के-के उपलब्ध गराउने भन्ने अझै तय भइसकेको छैन्, यो पक्का हो आकर्षक उपहार दिन्छौं ।’

यस्ता छन् सुविधाहरु

यी स्मार्टफोनमा आइफोनमा जस्तै मेटल कभर प्रयोग गरिएको छ । दुवै मोडलमा उस्तै­-उस्तै फिचर भएपनि एस सिक्स इजमा छेउपट्टी केही घुमाउरो स्क्रिन छ, जसलाई बेग्लै स्क्रिनका रुपमा चलाउन सकिन्छ । अर्थात, कन्ट्याक्ट, नोटिफिकेसन लगायतका सूचना त्यही घुमाउरो स्क्रिनबाटै थाहा पाउन सकिन्छ ।

1-you-can-use-the-galaxy-s6-and-s6-edge-to-make-payments-at-any-store-with-a-credit-card-reader-using-samsung-pay

सामसुङले स्क्रिन डिस्प्लेमा सुधार गरी निकै सफा र स्मार्ट बनाएको छ । फिंगर प्रिन्टलाई सुधार गरी होम बटनमा समावेश गरेको छ । अब एस ५ जस्तो फिंगर प्रिन्टका लागि स्वाइप गर्नुपर्दैन् ।

के-के छन सुबिधा ?

सामसुङले दुबै फोनमा ५।१ इञ्चको क्वाड एचडी सुपर एमलोड डिस्प्ले प्रयोग गरेको छ । २।१ गीगाहर्ज इक्जाइनस अक्टाकोर प्रोसेसर प्रयोग गरिएको हुँदा स्मार्टफोन उच्च गतिमा चल्नेछ । दुबै फोनमा एन्ड्रोइड ५।०।२ ललिपप अपरेटिङ सिष्टम र तीन जीबी र्याम रहेको छ ।

स्मार्टफोनको पछाडि १६ मेगापिक्सेल र अगाडि ५ मेगापिक्सेल क्यामेरा राखिएको छ । जसले कम प्रकाशमा पनि उच्च गुणस्तरको फोटो खिच्न सकिन्छ । दुबै फोनमा क्लिक लञ्च फिचर भएको हुँदा होम बटन थिच्दा ०।७ सेकेन्डमा क्यामेरा खुल्छ ।

एस ६ मा २५५० एमएएच क्षमताको ब्याट्री रहेको छ भने एस ६ एजमा २६०० एमएएच क्षमताको ब्याट्री रहेको छ । यी स्मार्टफोनको सबैभन्दा राम्रो विशेषता भनेको वायरलेस चार्जिङ सपोर्ट हो ।

सम्बन्धित समचार

सामसुङले ल्यायो ग्यालेक्सी एस ६, यस्ता छन नयाँ सुबिधा (भिडियो सहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment