
चलचित्रमा अभिनय गर्नेहरुलाई चर्चामा आउनकै लागि खास कारण चाहिँदैन । अभिनय राम्रो गर्नेले मात्रै हैन अब कुनै चलेका कलाकारसंँग अनुहार मिलेकै भरमा पनि चर्चा पाउने गरेका छन् कतिपय कलाकारले ।
केही कलाकार यस्ता पनि भेटिए । जसले अभिनय क्षेत्रमा खास केही गर्न सकेनन् तर, ठूला कलाकारजस्तै देखिएकै भरमा वाहवाही पाए । एक अर्कासंँग अनुहार मिल्ने कलाकारको वारेमा ‘टाईम्स अफ इण्डिया’ ले एउटा सूची नै तयार पारेको छ । हेरौं, कसको अनुहार कोसँग मिल्दो रहेछ ।
पछिल्लो समय निकै चर्चामा रहेकी नायिका कट्रिना कैफसँग अनुहार मिल्ने अर्की नायिका छिन् जरीन खान ।
सलमान खान अभिनित फिल्म ‘वीर’मा मुख्य भुमिका निर्वाह गरेकी जरिनले फिल्मी बजारमा खासै प्रभाव पार्ने सम्भावना देखिदैन । फिल्मको प्रभाव नपरेर के भो त नाक मुख कट्रिनाकै जस्तै राम्रो छ भन्नेहरु धेरै छन् ।
हर्मन वावेजाले अभिनय गरेको फिल्मले अहिलेम्म बलिउडमा उत्पात मच्चाउन सकेको छैन ।

अर्का चर्चित नायक ऋतिक रोशनसँग उनको अनुहार मिल्ने प्रसंगले भने बेला बेलामा स्थान पाउने गरेको छ । ऋतिकसँग अनुहार मिलेकै कारण केही चलेका पत्रिकामा उनको तस्बीर छापिएको छ ।
हलिउडमा पेरिस हिल्टनको जति चर्चा छ । बलिउडमा करिना कपुरको चुरीफुरी पनि त्यो भन्दा कम छैन । अझ अर्को कुरो उनिहरुको अनुहार समेत मिलेको चर्चा छ । पेरिसको तुलनामा करिना अलि काली भएपनि पनि अनुहारको आकार मिल्ने धेरैको भनाई छ ।
बलिउडमा पफेक्ट म्यान भनेर चिनिने अामिर खानको पनि अनुहार हलिउड नायक टम हन्कसंँग मिलेको चर्चा हुने गरेको छ ।

सलमान खान र ऐश्वर्या रायको झगडा परेपछि ऐश्वर्या जस्तै अनुहार भएको केटीको खोजीमा सलमान खान केही समय भौंतारिए ।
त्यहि क्रममा उनको भेट भयो स्नेहा उल्लालसंँग । स्नेहाले अभिनय गरेको फिल्मले कमाल गर्न नसकेपनि ऐश्वर्यासंँग मिल्दो अनुहार भएको भन्दै धेरैले तारिफ गरे ।
दबंगमा अभिनय गरेपछि चर्चामा आएका थिए सोनु सुद । उनको लुक्स अमिताभ बच्चनसंँग मिल्दो भएको टिप्पणी धेरैले गरेका छन् ।

बलिउडमा सिरियल किशाेरको उपाधि पाएका इमरान हासमीको पनि अनुहार हलिउड अभिनेता हंक कोलिन फेरिलीसंँग ठ्याक्कै मिल्छ । फरक यति हो, कोलिनको भन्दा कालो छ इमरानको छाला ।
छानेर मात्रै फिल्म खेल्ने गरेकी सोनाली कुलकर्णीको अनुहार अर्की हलिउड अभिनेत्री हेलबेरीसंँग मिल्छ । त्यसो त अक्षय कुमार र टम क्रुजको पनि पनि अनुहारको आकार उस्तै भएको टिप्पणी धेरैले गर्ने गरेका छन् ।
बलिउडका पूराना अभिनेत्री श्रीदेखी र दिब्या भारतीको पनि अनुहार उस्तै-उस्तै थियो भन्नेहरु धेरै छन् । केही महिना अघि बिबाह गरेकी दिया मिर्जाले हिन्दी फिल्ममा कमाल गर्न नसकेपनि उनको सौन्दर्यको प्रशंसा भने अझै हुने गरेको छ । दिया र हलिउड नायिका अन्ना हत्थावेको अनुहार उस्तै उस्तै देखिन्छ ।

पुरानी अभिनेत्री स्मृता पाटिल र चित्राङ्गा सिंहको पनि अनुहार उस्तै देखिन्छ । स्मिता फिल्म छानेर मात्रै खेल्थिन् भने चित्राङ्गाले पनि थोरै मात्रै फिल्ममा काम गरेकी छिन् ।
बलिउडकी डिम्पल गर्ल प्रीति जिन्टा र हलिउड अभिनेत्री ड्रयु ब्यारीमोरको अनुहार उस्तै लाग्छ । तर, ब्यारीमोरको गालामा प्रीतिको जस्तो डिम्पल भने छैन ।
अंग्रेजी कार्यक्रम प्रस्तोता लाउरेन गोदगर र नायिका करिष्मा कपुरको अनुहार मात्रै हैन आँखाको रङ पनि उस्तै छ । बलिउडकै अर्कि नायिक अमृता अरोराको अनुहार हलिउड नायिका जेशिका क्याप्सोसंँग मिल्छ ।
प्रतिक्रिया 4