Comments Add Comment

काकासँग सल्किएको भन्दै श्रीमतीको यौनांगमा सुपर ग्लू

glueती सनकी पुरुषलाई आफ्नी श्रीमती अरु कसैसँग अवैध सम्बन्धमा रहेको शंका लाग्यो । आखिर शंकाले लंका डढायो । श्रीमतीलाई धोकेबाज करार गर्दै उनले स्वाद चखाउन भन्दै श्रीमतीको गुप्तांगमा सुपर ग्लु खन्याइदिए ।

अत्याचारको हद पार गर्ने घटना दक्षिण अफ्रिकाको हो । साउथ अफ्रिकी न्यूज पोर्टल news24.com  का अनुसार बुसबक्रिज नजिकैको ग्वामटिला गाउँका ४५ वर्षका ती पुरुषलाई आफ्नी श्रीमतीको चाला देखेर शंका लाग्न थालेछ । स्वास्नीले अरु नै पुरुषसँग अफेयर चलाइरहेको र आफुलाई धोका दिइरहेको उनले लख काटे । परपुरुष पनि के भन्नु र ? श्रीमती आफ्नै कान्छो ससुरा अर्थात् ती पुरुषको काकासँग सल्किएको शंका उनलाई थियो ।

आगोमा घ्यू त्यसदिन थपियो जुन दिन काकाले उनकी श्रीमतीलाई गाडीमै चढाएर घरसम्म ल्याइदिए । आफुले शंका गरेको कुरा यथार्थ नै रहेको ठम्याई उनलाई भयो ।

उनले यो कुरा श्रीमतीसँग पटक पटक भने । श्रीमतीले इन्कार गरिरहिन् । उनले बारम्बार धम्की पनि दिने गरे । तर ससुरा बुहारीको हिमचिम घटेन । उनको रिसको पारो झनै तात्यो । अनि बदला लिने भन्दै एकदिन उनले आफ्नी ४० वर्षकी श्रीमतीलाई कोठामा लगेर थुने । ढोका लगाएपछि उनले हातमा चक्कु देखाउँदै श्रीमतीलाई सबै लुगा फुकाल्न अह्राए । सबै लुगा फुकालेर नांगै नबने घाँटी छिनालिदिने धम्की दिए ।

यसअघि पनि लोग्नेले यस्तै रिसमा आफ्नो हात काटिदिएको हुँदा त्यो मुर्खले जे पनि गर्नसक्ने डरले महिलाले जिउका कपडा फुकालिन् । पीडित महिलाले भनेकी छिन्, ‘जब मैले कपडा फुकालेा उसले मलाई उत्तानो परेर भुइँमा सुत्न लगायो । चक्कु देखाएर टाँग फैलाउन लगायो र मैले उसले भने बमोजिम गरेँ । जब मैले टाँट फट्टाएँ तब उसले मेरो योनीमा सुपर ग्लू खन्याइदियो ।’

ती पुरुषले पटक पटक श्रीमतीको गुप्तांगमा सुपर ग्लू पोतिरहेका थिए । श्रीमती चाहीँ त्यसो नगर्न भन्दै रोइकराइ गरिरहिन् । श्रीमतीको योनीमा भएभरको सुपरग्लू खन्याइदिएपछि लोग्नेचाहीँ भाग्यो ।

उनलाई छिमेकीले अस्पताल पुराए र अस्पतालमा उनको गुप्तांगको सुपर ग्लू निकालियो । तर सुपर ग्लू ले उनको यौनांगमा गहिरो घाउ बनाउनुका साथै क्षतिग्रस्त बनाएको रहेछ । समाचार अनुसार अब उनले कहिल्यैपनि यौन सम्पर्क गर्न सक्नेछैनिन् । पिसाब गर्न पनि उनलाई ठूलो कठिनाइ हुने गरेको छ ।

श्रीमतीको गुप्तांगमा ग्लू खन्याइदिएपछि भागेका लोग्ने फरार छन् । लोग्ने विरुद्ध मुद्दा दर्ता गराउन चाहेपनि ऊ फरार रहेकोले मुद्दा दर्ता गर्न नपाएको उनी बताउँछिन् । फेरि लोग्ने कहिले घरमा फर्केर आउँछ र घाँटी छिनालिदिन्छ भन्ने डर छ उनमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment