Comments Add Comment

५ वर्षको भयो आइप्याड, यस्तो छ जिवन कथा

ipaddddएप्पलको बहुचर्चित प्रडक्ट आइप्याण्डले ह्याण्ड ग्याजेटको दुनियामा एकप्रकारको क्रान्ति नै ल्यायो । ५ वर्ष अघि सन् २०१० को अपि्रल ३ मा पहिलोपटक एप्पलले पहिलोपटक आइप्याण्ड सार्वजनिक गरेको थियो । पहिलो आइप्याड देखि अहिलेसम्म एप्पलले विभिन्न ९ प्रकारका आइप्याड बजारमा ल्याइसकेको छ र यहीँ वर्ष आइप्याडको दशौँ संस्करण बजारमा ल्याउने योजना छ, एप्पलको । एप्पल आइप्याण्डको अहिलेसम्मको यात्रा यस्तो रह्यो-

पहिलो आइप्याड- सन् २०१० को जनवरीमा एप्पलका सस्थापक स्टिभ जब्सले पहिलो टचस्क्रिन न आइप्याड सार्वजनिक गरे । उक्त आइप्याडको स्क्रिन ९.७ इन्चको थियो भने एप्पलकै आइओएस अपरेटिङ सिस्टमबाट चल्थ्यो । यद्यपि यसको पहिलो बिक्रि भने अपि्रल ३ बाट सुरु भएको थियो ।

आइप्याड टू- मार्च २०११ मा सार्वजनिक भएको आइप्याड टू निकै पातलो तथा हल्का थियो भने पहिलो आइप्याडको तुलनामा चलाउन पनि सजिलो । यसमा पहिलोपटक अगाडि र पछाडि दुबैतर्फ क्यामरा थिए ।

तेश्रो संस्करणको आइप्याड– दोश्रो पुस्ताको आइप्याण्डपछि एप्पलले सन् २०१२ को मार्चमा नयाँ आइप्याड ल्यायो जसमा रेटिना डिस्प्ले राखिएको थियो । साथै एप्पलको सिरी तथा फोर जी फिचर समेत उक्त ट्याब्लेटमा थियो ।

चौथो संस्करण- नोभेम्बर २०१२ मा सार्वजनिक आइप्याडको चौथो संस्करणमा अघिल्लोमा भन्दा तिब्र प्रोसेसर थियो साथै अगाडिको क्यामरा पनि बढि शक्तिशाली थियो । उक्त आइप्याडमा कनेक्टिभिटीका लागि नयाँ लाइटनिङ केवल उपलब्ध थियो ।

आइप्याड मिनी- बजारमा गुगलको नेक्सस सेभेन तथा अमेजेनको किन्डर फायर जस्तो सानो स्त्रिmनवाला ट्याब्लेट आएसँगै एप्पलले पनि नोभेम्बर २०१२ मै आइप्याड मिनी सार्वजनिक गर्यो ।

आइप्याड एयर- सन् २०१३ को नोभेम्बरमा सार्वजनिक आइप्याड एयर एप्पलको सबैभन्दा हलुका आइप्याडको रुपमा थियो । जुन नयाँ चिप र नयाँ रङमा उपलब्ध गराइयो ।

आइप्याड मिनी टू- सन् २०१३ कै नोभेम्बरमै अर्थात् आइप्याड मिनी सार्वजनिक भएको एक वर्षपछि एप्पलले मिनीको दोश्रो संस्करण आइप्याड मिनी टू सार्वजनिक गर्यो । यसमा रेटिना डिस्प्ले तथा ए सेभेन प्रोसेसर थियो ।

आइप्याड एयर टू- अक्टोबर २०१४ मा एप्पलले एयर को दोश्रो संस्करण ल्यायो । यसमा डिजिटल फिंडरप्रिन्ट टच आइडी प्रविधि थियो । यो आइप्याण्ड सुनौलो रङमा उपलब्ध थियो ।

आइप्याड मिनी थ्री- आइप्याड मिनीको सफलताबाट हौसिएको एप्पलले अक्टोबर २०१४ मै आइप्याड एयर थ्री सार्वजनिक गर्यो । यसमा टच आइडी प्रविधि हुनुका साथै अघिल्लो संस्करणमा जस्तै प्रविधिको प्रयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment