News Summary
Generated by OK AI. Editorially reviewed.- जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक सिंहदरबारमा सुरु भएको छ ।
- थापा दिउँसो सवा दुई बजेतिर सिंहदरबार प्रवेश गरेका छन् ।
- रास्वपाका एक सांसदले प्रस्तावित राजदूतलाई किन बोलाइएको भन्ने प्रश्नमा ‘फिर्ता लिन आग्रह गर्न होला ।’ भनेका छन् ।
१६ कात्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक सुरु भएको छ । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे निर्णय लिनका लागि सुनुवाइ समितिको बैठक बसेको हो ।
बैठक केहीबेरदेखि सिंहदरबारमा जारी छ । त्यस्तै, प्रस्तावित राजदूत थापा पनि दिउँसो सवा दुई बजेतिर सिंहदरबार प्रवेश गरेका छन् ।
उनको सुनुवाइ सकेर निर्णय होल्ड भएको थियो ।
प्रस्तावित राजदूतलाई किन बोलाएको भन्ने प्रश्नमा रास्वपाका एक सांसदले भने, ‘फिर्ता लिन आग्रह गर्न होला ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4