Comments Add Comment

अदालतको इजलासमै पैसा र सुनको पोको

२७ चैत, काठमाडौ । न्यायालयभित्र भ्रष्टाचार हुने गरेको भन्दै बार र बेन्चबचि जुहारी चलिरहेको बेला काठमाडौ जिल्ला अदालतमा मंगलबार इजलासको छेउमै पैसा र सुनको पोको भेटिएको छ ।
taraju
जिल्ला अदालतमै कार्यरत तामेलदार भगवती भण्डारीबाट मंगलवार ८० हजार नगद र सुन भएको पोको भेटिएको हो । आफूलाई कानून ब्यवसायी बताउने एक ब्यक्तिले फोनमार्फत प्रधानन्याययाधीसको सचिवालयमा दिएको सूचनाका आधारमा उनीबाट रकम बरामद भएको हो । कुन प्रयोजनका लागि उक्त रकम इजलाससम्म लगिएको हो भन्ने अझै खुल्न नसकेको नयाँ पत्रिकामा खबर छ ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता बाबुराम दाहालले घटनाबारे छानबिन भइरहेको बताए । ‘पैसा भेटिएको सत्य हो, हामी यस विषयमा सम्बन्धित कर्मचारीसँग थप जानकारी लिइरहेका छौं,’ दाहालले भने, ‘पैसा कुन र के प्रयोजनका लागि अदालतसम्म लगियो भन्नेबारे यसै भन्न सकिने अवस्था छैन ।’

दाहालका अनुसार सर्वोच्च प्रशासनले तामेलदार भण्डारीलाई विहीबार विहान २४ घण्टे स्पष्टीकरण सोधेको छ । भण्डारी जिल्ला अदालतको अधिकृत वारेसनामा फाँटकी कर्मचारी हुन् । उनीबाट बरामद रकम र सुन मुचुल्का गरेर अदालत प्रशासनले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment