+
+

सन्नी भन्छिन्-‘गर्भवती हुने समय छैन’

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २७ गते १५:३३

sunny-leone
सन्नी लियोनी अभिनित चलचित्र ‘लिला’ आजबाट प्रदर्शनमा आएको छ । यसले सन्नीको भाग्य चम्काउने विश्वास गरिएको छ । बलिउडमा भाग्य चम्काउन लागेकी सन्नीले आफूसँग अहिले नै सन्तान जन्माउने समय नभएको बताएकी छिन् । सन्नीले अहिले नै परिवारको संख्या बढाउने बेला नआएको बताइन् ।

उनले आफूले परिवारको बारेमा सोचेको तर अहिले नै गर्भवती हुने समय नभएको बताइन् । बच्चालाई जन्म दिदा एक बर्ष पूर्ण रुपमा सकिने भएको भन्दै सन्नीले यसले आफ्नो करिअरलाई नै बर्बाद बनाउने बताइन् ।

बलिउडमा पाइला राखेको छोटो समयमा नै चर्चाको शिखरमा रहेकी सन्नीले यो समय काम गर्ने बेला भएको बताइन् । सन्तानलाई जन्म दिएपछि नायिकाहरु केही बर्ष हराउने गरेका छन् ।

जसका कारण पनि उनीहरुलाई फेरि बलिउडमा चर्चा कमाउन समय लाग्छ । सायद, यही कुरा सोचेर पनि होला, सन्नी अहिले नै गर्भवती हुने समय नभएको बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?