Comments Add Comment

राष्ट्रिय महिला फुटबलको उपाधि पुलिसलाई

गौतम श्रेष्ठ
२८ चैत, रौतहट । चन्द्रनिगाहपुरमा आयोजित तुल्सीलाल अमात्य स्मृती गोल्डकप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिसले जितेको छ । चन्द्रपुर खेल मैदानमा नेपाल आर्मीलाई १-० ले हराउँदै नेपाल पुलिसले  उपाधि जितेको हो ।

Nepal-Police-win-Tulsilal-A

 पुलिसकी निरु थापाले पहिलो हाफको ३६ औं मिनेटमा गरेको एक मात्र गोल उपाधिका लागि प्रयाप्त रह्यो ।

पहिलो हाफ सकिनु २ मिनेट अघि दीपा अधिकारी रातोकार्ड पाउँदै बाहिरिएपछि आर्मी १० खेलाडीमा सिमित भएको थियो । आर्मीले थुप्रै पटक गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन ।

उपाधिसँगै नेपाल पुलिस क्लबले दुई लाख नगद र सिल्ड हात पार्न सफल भएको छ । उपबिजेता आर्मीले एक लाख नगद र सिल्ड पायो ।

बिजेता टोलीलाई रौतहट क्षेत्रनम्बर ६ का सभासद रामकुमार भट्टराईले र उपबिजेतालाई रौतहटका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सिल्ड, प्रमाणपत्र र नगद वितरण गरेका थिए ।

उमन अफ दि म्याच नेपाल पुलिसकी सर्बाधिक गोलकर्ता निरु थापा भइन् । यस्तै उत्कृष्ट गोलरक्षक नमिता दली र उत्कृष्ट डिफेन्डर हिमकुमारी गुरुङ भए ।

गत १९ गतेदेखि सुरु भएको प्रतियोगितामा तीन बिभागिय टिमसहित १० जिल्लाको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment