+
+

सलमानकी प्रेमिका भारतमा बसाइँ सर्दै

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २९ गते ९:२७

salmanमुम्बई । बलिउड स्टार सलमान खान यतिबेला सवारी दुर्घटनासम्बन्धी मुद्दा मामिलाको झमेलामा छन् । पचास बसन्त पार गर्दा पनि सिंगल रहेका यी स्टारले एक्लै अदालतको सामना गरिरहेका छन् ।

तर, अब उनलाई साथ दिन उनकी प्रेमिका भारत आउने भएकी छिन् । उनकी सवैभन्दा पछिल्ली प्रेमिका एवं रोमानियाकी सुन्दरी युलिया बेन्टुअर सलमानलाई साथ दिन भारतमै स्थायी बसोबासको तयारी गर्दैछिन् ।

सलमान र युलियाको प्रेम प्रसङ्ग पछिल्लो दिनमा चर्चामा छ । सलमानको परिवारले समेत युलियालाई रुचाएपछि यतिबेला प्रेमिकालाई भारतमा स्थायी बसोबास दिलाउन परिवार अग्रसर भएको छ ।

भारतीय संचारमाध्यमका अनुसार खान परिवारको सहयोगमा युलिया अब भारतमै स्थायी बसोबास गर्ने गरी रोमानियाबाट सिफ्ट हुँदैछिन् ।

मुद्दा किनारा लागेपछि बिहे गर्ने योजनामा छन् सलमान । युलिया यसपटक भारतमात्र हैन सलमानकै दिलमा बसाई सर्न सफल हुन्छिन वा सलमानका बिगतका अफयेरकै निरन्तरता हुन्छ त्यो चाहिँ हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?