Comments Add Comment

धन ठूलो कि बिद्या ? पशुपति शर्मा सोध्दैछन्

pashupati-sharmaकाठमाडौं । गायक पशुपति शर्मा अहिले अमेरिकाको विभिन्न शहरमा नयाँ वर्ष मनाउँदैछन् । मलाई अमेरिका यहीँ भन्दै अमेरिकाका नेपालीलाई नचाइरहेका पशुपति शर्माले नेपालमा भने नयाँ बहस सुरुवात गरेका छन् ।

धन ठूलो कि बिद्या ? यो सदाबहार बहसलाई पशुपतिले सुन्दर लोकभाकामा उनेर प्रस्तुत गरेका छन् ।

आफ्नो जीवन पढाईमै गयो
संगसाथीको घडेरी घर भयो
साच्चै ठूलो के रैछ यत्ति जान्न मन छ,
मैले पढेको शास्त्रले त बिद्या ठूलो भन्छ

नयाँ वर्षको अवसरमा सोमबार सार्वजनिक भएको उनको नयाँ गीतमा पशुपति र स्मृति पुनको स्वर रहेको छ । भिडियोमा गायक शर्मा र मोडल आशा खड्काले अभिनय गरेका छन् । शीब सुवेदीको एल्बममा पशुपतिले स्वर दिएका हुन् ।

सुवेदीले यसअघि घाम जस्तो चम्किलो जुन हुँदैन, घामले नि पोल्दियो, दुखेको देश लगायतका एल्बम ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment