+
+

कर्णाली नदीमा गोही छाडियो

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २ गते ९:१९

२ बैशाख, बर्दिया  । वन्यजन्तु सप्ताहको अवसरमा निकुञ्ज विभागको सहमतिमा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने कर्णाली नदीमा लोपोन्मुख घडियाल गोही छाडिएको छ ।

पाँच वटा भाले र दश पोथी गरी १५ वटा घडियाल गोही संरक्षणका लागि प्राकृतिक वासस्थान मानिने निकुञ्जभित्र पर्ने कर्णाली नदीको लालमटीया र गैँडा मचानमा छाडिएको हो ।

झन्डै १० किलोदेखि १५ किलोसम्म तौल रहेका चार वर्ष उमेरका घडियाल गोही कर्णाली नदीमा छाडिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।

यसअघि गत वर्ष फागुनमा पनि चितवनबाट ल्याइएका २० वटा घडियाल गोही संरक्षणका लागि प्राकृतिक वासस्थान मानिने बबई नदीमा छाडिएको थियो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?