+
+
Shares

संकट पर्‍यो भने सूर्यबहादुरलाई खोज्नुपर्थ्याे

सूर्यबहादुर थापासँग मेरो पहिलो भेट ०२८ सालमा भएको थियो । म राष्ट्रिय पञ्चायतमा चुनाव जितेर आएपछि उहाँसँग भेट भएको थियो । सूर्यबहादुरजी मृत्युको अवस्थामा आइपुग्दा पनि जल्दोबल्दो हुनुहुन्थ्यो । उबेलाको कुरा गर्दा बहुत जल्दोबल्दो नेता हुनुहुन्थ्यो । प्रष्ट बोल्ने, अगाडि सरेर बोल्ने बानी थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ३ गते १३:१५

हरिबहादुर बस्नेत, राप्रपा नेता

सूर्यबहादुर थापासँग मेरो पहिलो भेट ०२८ सालमा भएको थियो । म राष्ट्रिय पञ्चायतमा चुनाव जितेर आएपछि उहाँसँग भेट भएको थियो । सूर्यबहादुरजी मृत्युको अवस्थामा आइपुग्दा पनि जल्दोबल्दो हुनुहुन्थ्यो । उबेलाको कुरा गर्दा बहुत जल्दोबल्दो नेता हुनुहुन्थ्यो । प्रष्ट बोल्ने, अगाडि सरेर बोल्ने बानी थियो ।

हरिबहादुर बस्नेत
हरिबहादुर बस्नेत

त्यसबेलादेखि म उहाँसँगै छु । मलाई लाग्छ, देशमा अहिले जुन राजनीतिक संक्रमणकाल छ, त्योबेलामा उहाँको अनुपस्थित साह्रै खडि्कएको विषय हो । उहाँको भूमिका अत्यन्त महत्वपूर्ण हुनसक्थ्यो र भइरहेको पनि थियो । उहाँले केही समय अगाडि मात्र आफ्नै निवासमा सबै पार्टीका नेताहरुलाई जम्मा गराएर वर्तमान अवस्थाबारे छलफल गरेको सबैलाई थाहा नै छ । त्यसकारण फरक विचार हुने दलमा बसे पनि उहाँको एक किसिमको नेतृत्वको सबैलाई स्वीकार्य थियो । फेरि त्यस्तो नेतृत्व पाउन अत्यन्त गाह्रो छ यो संक्रमणकालमा ।

सबैको आआफ्नो विभेद छ, मतभेद छ । र, झनझन मतभेद चर्किएको अवस्था छ । त्यस्तो अवस्थामा उहाँको जुन सबैलाई मान्य हुने किसिमको नेतृत्व थियो, त्यो निकै खडि्कने भयो । उहाँ भइदिनु भएको भए यो संक्रमणकाललाई समाप्त गरेर नयाँ संविधान बनाउने र मुलुकलाई दिशानिर्देश दिन बढी सजिलो हुन्थ्यो भनेको जस्ता लाग्छ ।

उहाँसँग मैले लामो संगत गरेँ । हुन त उहाँ प्रधानमन्त्री हुँदा म मन्त्री भएको एक पल्ट मात्र हो । आखिरीमा पञ्चायतकाल सकिसकेपछि मात्र मन्त्री भएको हो । तर, उहाँसँग संगत भने सुरुदेखि अन्त्यसम्म रहिरहृयो ।

उहाँलाई म कसरी सम्झन्छु भने पञ्चायतमा हुँदा पनि जहिले पनि एउटा भनाइ नै थियो- मुुलुकमा संकट पर्‍यो भने सूर्यबहादुरलाई खोज्नुपर्छ ।’ र, त्यसबेला भूमिका दिनेहरुले पनि उहाँकै खोजी गर्ने चलन थियो ।

त्यसकारण उहाँको सम्झना त्यही अर्थमा हुन्छ कि उहाँ मुलुकलाई एकदम नजिकबाट चिनेको मान्छे, सबै कुरा उहाँले जति मुलुकलाई चिनेको कमै मान्छे भेटेको छु । उहाँ समस्याको डाइग्नोसिस गर्न अत्यन्त दक्ष हुनुहुन्थ्यो । समस्याको डाइग्नोसिस गरेर आफू नेतृत्वमा हुँदा मुलुकलाई निकास दिने काम गर्नुभयो ।

सबैको सहमतिमा निर्णायक ठाउँमा पुर्‍याउन सकियो भने उहाँमाथि सबैभन्दा ठूलो श्रद्धाञ्जली हुन्छ

आफू नेतृत्वमा नहुँदा पनि आफ्नो बाटोभन्दा फरक बाटोमा गए पनि आफ्ना सुझावहरु प्रस्तुत गरेर मुलुकलाई निकास दिने चेष्टा गर्नुभएको थियो ।

उहाँ साह्रै मेहनती मान्छे हुनुहुन्थ्यो । बोल्दा तयारी गरेर बोल्नुहुन्थ्यो । उहाँले हामीलाई भन्ने पनि गर्नुहुन्थ्यो कि यस्तो बानी बसाल्नुभयो भने तपाईहरुलाई लामो समयसम्म काम दिन्छ भन्नुहुन्थ्यो । वास्तवमा उहाँको त्यही सबै तयारी गरेर बाहिर बोल्ने बानी मलाई साह्रै मन परेको बानी हो ।

यो मुलुकमा संविधान नबनेकाले संकट छ । संक्रमणकालको जुन घडी छ, यसलाई सबैको सहमतिमा निर्णायक ठाउँमा पुर्‍याउन सकियो भने उहाँमाथि सबैभन्दा ठूलो श्रद्धाञ्जली हुन्छजस्तो लाग्छ मलाई ।

कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?