+
+

नेस वाडियासँग टाढिएपछि प्रेममा परिन् प्रिती जिन्टा

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ३ गते १७:१९

prity-zinta
गतबर्ष आइपीएल खेलको दौरानमा आफू माथि हिंसा गरेको भन्दै ‘किङ्स इलाभेन पञ्जाब’की मालिक्नी बलिउड नायिका प्रिती जिन्टाले प्रहरीमा उजुरी दिएकी थिइन् । यो उजुरीले ठूलै चर्चा पनि पाएको थियो । उनले वाडियाले खेलको दौरान आफूमाथि हिंसा गरेको आरोप लगाएकी थिइन् ।

पूर्व प्रेमी वाडियासँग टाढा भएपछि प्रिती केही समय तनावमा थिइन् । तर, अहिले फेरि उनको अनुहारमा मुस्कान देखिन्छ । खेल हारेपनि प्रितीमा नैराश्यता देखिएको छैन । यसको मुख्य कारण उनी प्रेममा पर्नु रहेको खुल्न आएको छ ।

प्रितीले भारतको चर्चित  पत्रिका मुम्बई मिररसँग कुराकानी गर्दै आफू प्रेममा परेको बताइन् । उनले आफू यतिबेला एक गजबको मान्छेसँग प्रेममा रहेको र आफ्ना लागि प्रशस्त समय दिन सक्ने भएको बताइन् ।

साथमा उनले अब क्रिकेटमा आफ्नो आवश्यकता नभएको पनि बताएकी छिन् । अमेरिकाको लस एन्जल्समा प्रिती बारम्बार जाँदै आएकी छिन् । उनको प्रेमी लस एन्जल्समा बस्ने भारतीय संचारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?