Comments Add Comment

ग्राण्डी अस्पतालमा हेमोफिलिया परीक्षण निःशुल्क

४ वैशाख, काठमाडौं । विश्व हेमोफिलिया दिवसको अवसरमा ग्राण्डी अन्तरार्ष्ट्रिय अस्पतालले निःशुल्क हेमोफिलिया स्वास्थ्य परीक्षण शिविर संचालन गरेको छ ।

नेपाल हेमोफिलिया सोसाइटीसँगको सहकार्यमा अस्पताल परिसरमा संचालन गरिएको शिविरमा नेपाल हेमोफिलिया सोसाइटीमा सदस्य रहेका ४९ जना हेमोफिलिकहरुले स्वास्थ्य परिक्षण गराए ।

Doctor of Grandi Hospitalग्राण्डी अस्पतालका अर्थोपेडिक तथा जोर्नी प्रत्यारोपण सर्जन डाक्टर भास्करराज पन्तले शिविरमा आएका हेमोफिलिकहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।

ग्राण्डी अस्पतालका फिजियोथेरापी विभागका यमबहादुर खत्रीले हेमोफिलिया मैत्री फिजियो थेरापीबारे परामर्श तथा प्रशिक्षण दिएका थिए ।

हेमोफिलियाको उपचार सम्भव

वंशानणुगत रुपमा हुने हिमोफिलिया रगतमा विशेष प्रकारको प्रोटिन फ्याक्टरको कमीका कारण हुने र जोर्नीहरुमा लामो समयसम्म रगत नरोकिने रोग हो । यसले जोर्नी बिगार्ने र अपाङ्ग पनि बनाउने डा. पन्तले जानकारी दिए ।

हाल आएर नेपालमा पनि हेमोफिलियाको उपचार सम्भव छ । आन्तरिक रक्तश्रावले गर्दा मांसपेशी तथा जोर्नीहरुमा उत्पन्न हुने समस्याहरुको उपचार पछिल्लो पटक ग्राण्डी अस्पतालले पनि शुरु गरेको छ ।

हिमोफिलिया निरुपणकालागि आवश्यक सबै उपकरणहरु उपलव्ध भएकाले निकट भविष्यमा नै फ्याक्टर टेष्ट पनि गर्न सकिने अवस्था छ । ग्राण्डी अस्पतालको आफ्नै ब्लड बैंकमा रगत र रक्त तत्वहरु उपलव्ध छ ।

देशभर तीन हजारको हाराहारीमा रहेका हेमोफिलिया पीडितहरु र सोसाइटीको सदस्यता लिएका पाँचसय जनाको लागि उपलब्ध गराइएको फ्याक्टर अझै पर्याप्त नरहेको अवस्था छ ।

नेपाल सरकार र नेपाल हेमोफिलिया सोसाइटीले वा नीजि क्षेत्रले सुलभ मूल्यमा र सहज रुपमा ˆयाक्टरहरु उपल्व्ध गराउन सकेको खण्डमा नेपालमा नै हेमोफिलिया पीडितहरुलाई उपचार गर्न, जोर्नी प्रत्यारोपण गर्न र आथोैस्कोपिक क्लिनिङ गर्न समेत सक्ने अवस्थामा रहेको डाक्टर पन्तले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment