Comments Add Comment

एसी डिलक्स सुविधामा रात्रीकालिन बस

Deluxe-bus-Press-Meet--Pokhara

सन्देश श्रेष्ठ
७ वैशाख, पोखरा । रात्री बसमा सवार गर्ने यात्रुहरुलाई खुशीको खबर छ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले यहि बैशाख ९ गतेदेखि एसी डिलक्स रात्रीकालिन बस सञ्चालन गर्ने भएको छ ।

जाडो तथा गर्मीमा आरामदायी यात्रा गर्न सकिने गरी एसी डिलक्स तथा नन् एसी डिलक्स बस सञ्चालन गर्ने लागेको समितिले जनाएको छ ।

समितिका अध्यक्ष ऐनकुमार साईले पोखरा-काँकडभिट्टा, पोखरा-धरान, पोखरा-कटारीका लागि अत्याधुनिक डिलक्स बसहरु सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।

अध्यक्ष साईले विस्तारै अन्य रुटहरुमा पनि एसी डिलक्स रात्रीकालिन बस सञ्चालन गर्दै जाने आफुहरुको नीति रहेको पनि स्पष्ट परेका छन् ।

पोखरा-काठमाडौं तथा काठमाडौंबाट पूर्वतर्फ विराटनगर, धरान, गौर, विरगञ्ज, मलंगवा, कटारी, पोखरा-स्याङ्जा हुँदै लुम्बिनी र पोखरा-नारायणगढ हुँदै भैरहवा-तौलिहवा रुटमा समेत एसी डिलक्स बसहरु सञ्चालन गर्ने उनको भनाई छ ।

यात्रुको सुविधालाई ध्यानमा राखेर अत्याधुनिक सेवा सुविधा दिँदासमेत राज्यले सिन्डिकेटको आरोप लगाएर आफूहरुलाई दुःख दिने गरेको उनले गुनासो गरे ।

समितिका महासचिव योगेन्द्र केसीले विभिन्न बाधा र व्यवधानबीच विश्वसम्पदा सूचिमा सूचिकृत प्रसिद्ध तिर्थस्थल हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथसम्म पोखरा-जोमसोम रुटमा सिधा बस सेवा सञ्चालन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment