Comments Add Comment

आमिर भन्छनः पुरुषत्वको परिभाषा बदल्नुपर्छ

amir-khanमुम्बई । बलिउडमा ‘मिस्टर पर्फेक्सनिष्ट’  भनिने आमिर खानले पुरुषत्वको विषयमा पुनः परिभाषा गरिनुपर्ने बताएका छन् । पछिल्लो समय भारतमा महिलाहरु बलात्कृत हुँदै गएकोमा चिन्तित आमिरले शक्ति सन्तुलन बदल्नका लागि पनि पुरुषत्वको नयाँ परिभाषा हुनुपर्ने बताए ।

‘विश्वमा महिला’ विषायक वाषिर्क सम्मेलनमा सहभागी हुन आमिर अमेरिका पुगेका थिए । अमेरिकाको चर्चित पत्रकार टीना ब्राउनले न्युयोर्क टाईम्ससँग मिलेर कार्यक्रम आयोजना गरेकी थिईन् ।

बलात्कार भारतको एउटा ठुलो मुद्धा भएको बताए बताउँदै अभिनेता आमिरले बलात्कृत महिलालाई प्रहरी एवं चिकित्सकले पनि राम्रो ब्यबहार गर्न कन्जुस्याई गरेको बताए ।

बलात्कार पछिल्लो समयको गम्भिर समस्या भएको भन्दै अभिनेता खानले आम मान्छेको सोंचमा परिवर्तन हुनु जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment