+
+

‘क्लोथ्स् नेपाल’ उद्घाटनमा एकसाथ नम्रता र आर्यन

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ११ गते १३:३९

aaryan-and-namrata
चलचित्र ‘क्लासिक’को निर्माण यूनिटले ‘क्लोथ्स् नेपाल’सँग पहिरन सहकार्य गरेको छ । चलचित्रको निर्माणका क्रममा प्रयोग हुने सम्पूर्ण पहिरनको व्यवस्थापन ‘क्लोथ्स् नेपाल’ले उपलब्ध गराउनेछ ।

अनलाइनमार्फत आफ्नो व्यापार गर्दै आएको ‘क्लोथ्स् नेपाल’ले काठमाण्डौको तिनकुनेमा स्टोरको पनि औपचारिक सुरुवात गरेका छ । चलचित्र ‘क्लासिक’का मुख्य कलाकार आर्यन सिग्देल र नम्रता श्रेष्ठले रिबन काटेर ‘क्लोथ्स् नेपाल’को औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

यस्तै, चलचित्रका निर्देशक दिनेश राउत, लाइन प्रोड्यूसर जिवन भाई, ब्राण्ड म्यानेजर अतुलराज मैनालीले स्टोरको सफलताको शुभकामना दिएका थिए । यो स्टोरमा युवापुस्ताको रोजाइका सम्पूर्ण पहिरन उपलब्ध हुने यसका संचालक रघु थापाले जानकारी दिएका छन् ।

उनले चलचित्रसँग आफ्नो पोशाक सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । दिनेश राउतको निर्देशनमा सुवास गिरी र आर्यन सिग्देलले मिलेर बनाउन लागेको यो चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, राजेश श्रेष्ठको छायांकन, छेतन गुरुङको कथा रहनेछ । चलचित्रको छायांकन वैशाख १५ गतेबाट सुरु गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?