Comments Add Comment

भारतलाई हराउँदै नेपाल यू-१४ गर्ल्स च्याम्पियनसिपको फाइनलमा

Nepal-U-14-Girls

११ वैशाख, काठमाडौं । भारतलाई पराजित गर्दै साविकको विजेता नेपाल एएफसी यू-१४ गर्ल्स क्षेत्रीय च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा नेपालले भारतलाई १-० गोल अन्तरले पराजित गर्‍यो । दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि ४६ औं मिनेटमा निर्मला उपाध्यायले गोल गरिन् ।

खेलको ५५ र ६२ औं मिनेटमा भारतले काउन्टर मुभ बनाएको थियो । तर, नेपाली गोलरक्षक राबिता कुमारीले उत्कृष्ट बचाउ गरिन् । ६५ औं मिनेटमा नेपालले गोल गरेको थियो । तर, रेफ्रीले अफसाइड दिए ।

अब नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्नेछ । बंगलादेशले इरानलार्इ २-० ले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment