Comments Add Comment

स्व.शशीकला स्मृति पुरस्कार थापालाई

११ वैशाख, काठमाडौं । राप्रपा नेपालले यस वर्षको शशीकला राजभण्डारी स्मृति पुरस्कार नेपाली सेनाकी सहायक रथी प्रा. डा. नर्वदा थापालाई प्रदान गरेको छ । नर्सिङ क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले नर्वदालाई सो पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् ।

Kamal-thapaसम्मान ग्रहण गरेपछि प्रा. डा.  नर्वदा थापाले आफूलाई थप जिम्मेवारी बढेको बताइन् ।

शशीकला राजभण्डारी राप्रपा नेपालकी तत्कालीन केन्द्रीय सदस्य थिइन् । उनले वीरेन्द्र सैनिक अस्पतालमा सेवा गरेकी थिइन् । कार्यक्रममा स्वर्गीय शशीकलाका परिवारजनलाई पनि अध्यक्ष थापाले खादा ओढाई सम्मान गरेका थिए ।

कार्यक्रममा राप्रपा नेपालका सहायक महामन्त्री सभासद कुन्ती शाही र केन्द्रीय सदस्य राजाराम बर्तौलाले पनि धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment