Comments Add Comment

उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने

Nepal-U-14-Girls

१२ वैशाख, काठमाडौं । एएफसी यू–१४ गर्ल्स रिजनल च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा साविकको विजेता नेपाल उपाधि रक्षाको प्रयासमा हुनेछ । प्रशिक्षक किशोर केसी नेपालले उपाधिका लागि खेल्ने बताए ।

तर, बलियो टोली बंगलादेशको कडा चुनौती पन्छाउन सहज भने हुने छैन ।
नेपाल र बंगलादेश दुबै अपराजित छन् । साथै नेपाल समूह कको विजेता हो भने बंगलादेश समूह ख को ।

नेपाल भारतलाई हराउँदै फाइनलमा पुगेको हो भने बंगलादेशले इरानलाई पराजित गरेको थियो ।

फाइनल खेल अघि आजै तेस्रो स्थानका लागि भारत र इरान भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment