+
+

श्वेता खड्काले भनिन् : अमेरिकाबाट उठेको सम्पूर्ण रकम भूकम्प पीडितलाई

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १७ गते ९:१९

sweta-khadka

१७ बैशाख, काठमाडौ । भूकम्पको महाविपत्तिवाट पीडित भएकालाई सहयोग गर्न नेपाली कलाकारले पनि तत्परता देखाउन थालेका छन् ।
अहिले उपचारको क्रममा अमेरिकामा रहेकी नायिका श्वेता खड्काले चलचित्र ‘कोहिनुर’ को अमेरिका प्रदर्शनवाट उठेको सम्पूर्ण रकम भुकम्प पीडितलाइ दिने घोषणा गरेकी छिन् ।

म पनि तपाईहरुलाई सहयोग गर्न चाहन्छु।अहिले म उपचारको लागी अमेरिकमा छु। तेहि सिलसिलामा मेरो जिबनको चिनो कोहिनूर प्रदर्सन …

 

नेपालमा भुकम्प आएको खबर सुनेर मर्माहित भएकी श्वेताले चाहेर पनि नेपाल आउन नसकेको उल्लेख गरेकी छिन् । ‘डाक्टरको सल्लाह अनुसार अझै केही दिन अमेरिकामै बस्नुपर्ने भएको छ ।’
दुई ट्रक उद्धार सामग्री सहित सिन्धुपाल्चोक पुगेका अभिनेता हरिबंश आचार्यले अरुलाई पनि यो विपतमा सहयोग गर्न आग्रह गरेका छन् ।
अभिनेत्री प्रियंका कार्की भुकम्प गए लगत्तै उद्धारकार्यमा सहभागी भएकी थिईन् । उनले केही घण्टा बीर अस्पतालमा गएर घाईतेहरुको सेवा पनि गरिन् । लोकगायिका सुनिता दुलालले आफ्नो गाउँ सिन्धुपाल्चोकको जलवीरेमा अहिलेसम्म कुनै पनि राहत सामग्री नपुगेकोे बताउदै परिवारको तर्फवाट एक लाखको अक्षयकोष स्थापना गरेकी छिन् ।

Our first set of relief goods are heading to Nuwakot. Shechen gumba monks who are trained will help in the rescue. We…

Posted by Malvika Subba on Wednesday, 29 April 2015

निर्मात्री एवं पूर्वमिस नेपाल माल्भि सुब्बा र निर्देशक निलु डोल्मा शेर्पाले नुवाकोटको भुकम्प पीडितलाई राहत सामग्री पठाएका छन् । हाँस्य कलाकार निरु खड्काले मुलपानीमा घर भत्केको ठाँउमा गएर इट्टा पन्छाएकी थिईन् ।
निर्मात्री एवं अभिनेत्री पूजना प्रधानले भुकम्प पिडितका लागि राहत संकलन सुरु गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?