+
+

चलचित्रकर्मी र पत्रकारसँग मिलेर सर्वसाधारणले गरे रक्तदान

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १८ गते ११:१२

raktadan
भूकम्पका कारण हजारौ मानिस घाइते भएका छन् । घाइते हजारौलाई रगतको अभाव नेहोस् भन्नका लागि देशभरबाट रगत संकलनको कार्य जारी छ ।

काठमाण्डौ लगायत देशभर रगतको अभाव नहोस् भन्नका लागि रक्तदानका कार्यक्रम पनि भैरहेका छन् । यही बिचमा नेपाल चलचित्र निर्देशक समाज र चलचित्र पत्रकार संघले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । उक्त कार्यक्रममा सयौ मानिसहरुले रक्तदान गरेका थिए ।

रक्तदानका लागि कलाकार, पत्रकार, निर्माता, निर्देशक उपस्थित थिए । काठमाण्डौको रक्त संचार केन्द्रमा आयोजना भएको रक्तदान कार्यक्रममा नायक आर्यन सिग्देल, रमेश उप्रेती, गजित बिष्ट, नायिका झरना थापा, नम्रता श्रेष्ठ लगायत उपस्थित भएर रक्तदान गरे ।
raktadan-1
कतिपय निर्देशक, निर्माता, कलाकारले स्वास्थ्यमा समस्या आएका कारण रक्तदान गर्न सकेनन् । काठमाण्डौमा रगतको अभाव नहोस् भन्नका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

रक्त संचार केन्द्रमा रगत राख्ने ठाउँ नभएपछि रक्तदान गर्न आउनेलाई पनि फर्काउनु परेको थियो । रक्तदानका लागि कलाकार, पत्रकार, निर्माता, निर्देशक र सर्वसाधारण स्वस्फुर्त उपस्थित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?