Comments Add Comment

भूकम्पपीडित भन्छन्, खाना होइन, ओत चाहियो

NRN-rahat-badhdai-(13)१९ वैशाख, काठमाडौ । भूकम्प गएको एक साता बितिसक्दासमेत सरकारले पीडितलाई त्रिपाल उपलब्ध गराउन सकेको छैन । सरकारले शुक्रबारसम्म पीडितको मागको पाँच प्रतिशत त्रिपाल पनि उपलब्ध गराउन सकेको छैन ।

एक सातामा दैवी प्रकोप उद्धार समितिमार्फत विभिन्न जिल्लामा २६ हजार त्रिपाल मात्रै वितरण भएको छ । यो पीडितको मागको पाँच प्रतिशत पनि होइन । शिविरहरुको ब्यवस्थापन गर्दै आएको सहरी विकास मन्त्रालयका अनुसार देशभर चार लाखभन्दा बढी पालको माग छ ।

सरकारले उपत्यकाभित्र चार हजार र बाहिर ११ हजार पाल पठाएको दावी गरेको छ । भूकम्प पीडितका लागि अहिलेको सवैभन्दा ठूलो चुनौती त्रिपाल भएको अन्नपूर्ण पोष्टमा खबर छ ।

काठमाडौ आसपासकै क्षेत्रमा पनि खाना प्रशस्तै पुगेको छ तर पाल पुगेको छैन । आफूहरु केही दिन भोकै बस्न सक्ने तर तत्काल ओत चाहिएको पीडितको माग छ ।

सिन्धुपाल्चोकबाट शुक्रवार उद्धार गरेर ल्याइएकी पेमा लामाले गाउँमा पाल भए अरु केही नचाहिएको बताइन् । खान नभए पनि केही दिन बाँचिने तर पाल नभएर रुखको फेदमा बस्नुपर्दा झन् त्रसित हुनुपरेको उनले बताए । सरकारले एकसातासम्म विदेशबाट त्रिपाल मगाउनसमेत सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment