+
+

भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ७ हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १९ गते २०:४३

Eatrh Quick at Bhaktpur (34)

१९ वैशाख, काठमाडौं । गत शनिबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ७ हजार नाघेको छ ।

गृह मन्त्रालयका अनुसार भूकम्पमा परी ७ हजार ४० जनाको मृत्यु भएको पुष्टि भएको छ । घाइतेको संख्या १४ हजार ३ सय ९८ पुगेको छ ।

प्रहरीका अनुसार सबैभन्दा बढी मृत्यु सिन्धुपाल्चोकमा भएको छ । त्यहाँ २५ सय बढीको शव भेटिएको छ । अहिले पनि विभिन्न गाउँमा उद्दार टोली पुग्न नसकेको स्थानीयबसीले गुनासो गरेका छन् ।

काठमाडौंमा १ हजार १८० को मृत्यु भएको छ । ४ हजार ६३४ जना घाइथे भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?