+
+

आज बुद्ध जयन्ती, कार्यक्रम परिमार्जन गरी मनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २१ गते ९:३८

२१ बैशाख, काठमाडौं । शाक्यमुनि भगवान् बुद्धको जयन्ती देशभर मनाइँदै छ ।

Bhudhaप्रत्येक वर्षको वैशाख शुक्लपूणिर्माका दिन बुद्ध जयन्ती मनाउने प्रचलनअनुरुप सोमबार बुद्ध जयन्ती मनाइँदैछ ।
बुद्ध जयन्तीलाई भव्यताका साथ मनाउने डेढ महिनाअघिदेखि तयारी गरिएको भएपनि देशमा भूकम्पका कारण परेको विपत्तिका कारण यस वर्ष बुद्ध जयन्तीको कार्यक्रम परिमार्जन गरिएको छ ।

राष्ट्रिय बुद्ध जयन्ती मूल समारोह समितिले यस वर्षको बुद्ध जयन्ती भूकम्पका कारण जीवन गुमाउनेका लागि निर्वाण (मोक्ष प्राप्ति) र घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दै मनाउने जनाएको छ ।

समितिका संयोजक एवम् लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. नरेशमान बज्राचार्यका अनुसार सम्पूर्ण बौद्ध सङ्घसंस्थालाई पीडितको उद्धार तथा राहतमा सहयोग पुर्‍याउन आग्रह गरिएको छ ।

पछिल्ला वर्षमा स्वदेशमा मात्र नभएर विदेशमा पनि बुद्ध जयन्ती भव्यताकासाथ मनाउने प्रचलन बढ्दै गएको छ ।

सिद्धार्थ गौतमको जन्म ईसापूर्व ५६३ तिर नेपालको लुम्बिनीमा भएको थियो । वैशाख शुक्ल पूणिर्माको दिन जन्मेका बुद्धले ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेका थिए । निरन्तर ४५ वर्षसम्म  बुद्ध धर्मको प्रचार गरेपछि ८० वर्षको उमेरमा वैशाख पूणिर्माकै दिन भारतको कुशीनगरमा बुद्धको  महापरिनिर्वाण भएको थियो । विश्वभर शान्ति, मैत्री, करुणा र अहिंसामा आधारित बुद्ध धर्मलाई शान्तिको धर्मका रुपमा लिँदै आइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?