Comments Add Comment

औषधिको साइड इफेक्ट महिलामा बढि

drug-side-effectsएक अध्ययनले कुनैपनि औषधिको साइड इफेक्ट पुरुषमा भन्दा महिलामा बढि देखिने गरेको तथ्य पत्ता लगाएको छ । औषधिको नकारात्मक असरप्रति महिलाहरु सामान्यतया बढि संवेदनशील रहने भन्दै शोधकर्ताहरुले यसको कारक तत्वको समेत खोजी गरेका छन् ।

शोधकर्ताहरुका अनुसार महिलाको कलेजोको कोषिका तथा महिनावारी रोकिइसकेका महिलाहरुमा औषधिको साइड इफेक्ट पुरुषको तुलनामा बढि देखिन्छ ।

औषधिले कलेजोमा पूराउने असरको मामिलामा महिलाहरु बढि जोखिममा रहने तथ्य जानकारीमा रहेको भएपनि कोषीय तहमा यसको असर भिन्न भिन्न रहने तथ्य पछिल्लो अध्ययनले देखाएको शोधकर्ता बताउँछन् ।

यो शोधले मानिसको स्व्ाास्थ्य जोखिम मूल्यांकनमा लैंगिकतालाई ख्याल गर्नुपर्ने कुरालाई महत्व प्रदान गरेको शोधकर्ताको भनाइ छ ।

युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले पाँचवटा सबैभन्दा बढि प्रयोग गरिने औषधिहरुमा अध्ययनले गरेको थियो । त्यसक्रममा डाइक्लोफिनेक, क्लोरप्रोम्याजिन, एसिटामिनोफेन, भेरापामिल तथा ओमेप्राजोल नामक औषधि समावेश गरियो । ती औषधिले पुरुष र महिलाको कलेजोको कोषिका पार्ने असरका विषयमा अनुसन्धान गरिएको थियो ।

प्लस वान नामक जर्नलमा छापिएको शोध प्रतिवेदन अनुसार यी औषधिको असर पुरुषको कलेजो कोषिकामा भन्दा महिलामा बढि देखिएको र महिलामा पनि महिनावारी रोकिइसकेका महिला बढि जोखिममा रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment