Comments Add Comment

अमेरिकामा नेपालीले दुई करोडको पसल जिते

विजय थापा

वाशिंगटन डिसी । नेपालको झापा दमक घर भै अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बसोबास गर्दै आएका अमेरिकन सेनाका पूर्व सैनिक सलिल गौतमले २ करोडको पसल प्रतिष्पर्धामा जितेका छन् ।

अमेरिकाको सेवेन-ईलेवेन स्टोर्सले पहिलो पटक आयोजना गरेको भेटेरन फ्रेन्चाइज स्टोर्स प्रतिस्पर्धामा गौतम गत मार्च १६ देखि मार्च २९ तारिखसम्म केवल १४ दिनको लागि गरिएको मतदानमा उत्कृष्ट ३ प्रतियोगीमा पर्न सफल भएका थिए ।

सलिल गौतम
सलिल गौतम

गत अप्रिल २९ तारिख टेक्सासको डालसमा अन्तर्वार्ता दिन गएका उनले मे ४ तारिखमा प्रतिस्पर्धाको नतिजामा १ लाख ९० हजार डलर (झन्डै २ करोड नेपाली रुपैयाँ) बराबरको एउटा सेवेन-एलेवेन पसल जितेका छन् ।

यो रकम नगद नभइ पसल स्वामित्व हुनु अगाडि लाग्ने प्रारम्भिक स्वामित्व शुल्क सेवेन-एलेवेनलाई तिर्नुपर्ने रकम भएको बताउदै अन्य कुराहरुमा पसल लिने धनीले लगानी गर्नु पर्ने बिजेता गौतमले बताए ।

गौतमले सेवेन-एलेवेन स्टोर्स आफूले चाहेको स्थानमा लिन पनि पाइने भएकोले आफू डिसी महानगर क्षेत्रमा बसोबास गर्ने भएकोले यहि क्षेत्रमा छनौट गर्ने बताए । पसल बिजेता गौतमले भने, सेवेन-एलेवेन पसल मात्र अथवा ग्यास स्टेसनसहितको -ईन्धन चौकी)पनि छनौट गर्न पाइने बताए ।

अमेरिकामा १९२७ मा स्थापना भएको सेभेन-ईलेभन विश्वका ४० वटा भन्दा बढी देशहरुमा सहुलियत पसलहरु संचालनमा रहेका छन् भने अमेरिकामा ग्यास स्टेसन -ईन्धन चौकी) बिशेष संचालनमा रहेका छन् ।

win nepaliसेभेन-ईलेभन पुरस्कार स्वरुप संचालनमा रहेको अमेरिकन सेनामा कार्यरत भेटेरन (पूर्व सेना) हरुलाई सम्मान तथा प्रोत्साहन स्वरुप प्रतियोगीहरु मध्येमा सबै भन्दा बढी मत प्राप्त गर्ने भेटेरन (पूर्व सैनिक)लाई एउटा सेवेन रलेवेन स्टोर्स स्वामित्व दिने घोषणा गरेअनुसार नेपाली मुलका सलिल गौतमले मतको आधारमा सेवेन रलेवेन स्टोर्स पाएका हुन् ।

झन्डै १ दशक देखि अमेरिकामा रहँदै आएका गौतम अमेरिकन सेनाअन्तर्गत ईराक र अफगानिस्तानमासमेत सेवा पुर्याईसकेका उनी हाल भर्जिनियामा परिवारसहित बसोबास गर्छन् ।

अन्तिम उत्कृष्ट ३ मा पुगेका सबै प्रतिष्पर्धी उतिकै महत्वपूर्ण भएकोले सेवेन-ईलेवेनले गौतमसहित ३ जनालाई बिजेता घोषित गरी पसल स्वामित्व गर्न दिने भएको जानकारी गौतमले गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment