Comments Add Comment

धर्मस्थलीका बासिन्दा भन्छन्-साढे २ तलाभन्दा अग्ला घर बनाउन दिँदैनौं

Dharmasthali Kathmandu (7)

श्रीधर पौडेल

२२ वैशाख, काठमाडौं । बालाजुबाट झण्डै ४ किलोमिटर टाढा पर्ने धर्मस्थलीमा भूकम्पले ९० प्रतिशत घर क्षतिग्रस्त भएका छन् । २४ जनाको ज्यान गुमेको छ ।

भूकम्पपीडितहरु खेतमा त्रिपाल टाँगेर बसेका छन् । अब उनीहरु साढे २ तला भन्दा अग्ला घर नबनाउने निष्कर्षमा पुगेका छन् । सो क्षेत्रमा साढे २ तलाभन्दा अग्ला अधिकांश घर भत्किएर खण्डहर भएका छन् । अनलाइनखबरकर्मी धर्मस्थली पुग्दा स्थानीय भग्नावशेष पन्छाउन व्यस्त थिए ।

Dharmasthali Kathmandu (14)

‘राहत होइन, चर्पि देऊ’

राजधानीबाट नजिकै भए पनि भूकम्प गएको २-३ दिनसम्म सरकारले राहत पुर्‍याउन सकेन । व्यक्तिगत पहल र सामाजिक संघ संस्थाले उनीहरुलाई सहयोग गरे । अहिले राहत पुगिरहेकाले दुई छाक खानलाई खासै दुःख छैन तर अहिले सबैभन्दा धेरै आवश्यकता सरसफाइको छ ।

‘अब राहत भन्दा पनि अहिले हामीलाई सेनेटरीका चिजहरु आवश्यक छ जस्तो की ब्रसहरु, साबुनहरु, बकेटहरु र मुख्य गरी ट्वाइलेटको,’ धर्मस्थली २ का स्थानीय राजेन्द्र श्रेष्ठले भने ।

भिडियो हेर्नुहोस् –

धर्मस्थलीका भूकम्पपीडितहरुका लागि केही व्यक्ति र सामाजिक संघ संस्थाहरुले दुईवटा अस्थायी चर्पि बनाइदिएका छन् ।

श्रेष्ठले स्वदेश विदेशबाट राहत सामाग्री आएकोमा खुसी व्यक्त गरे । तर, धर्मस्थली २ को नजिकैका अरु गाउँमा भने राहत पुगेको थिएन । श्रेष्ठले छिमेकी गाउँको दुःख देख्न सकेनन् र आफ्नो गाउँमा आएका केही खाद्यान्न र राहत सामग्री व्यक्तिगत पहलमा वरपरका गाउँमा पनि पुर्‍याइदिए ।

उनले भने, ‘वरपरका कुनै पनि गाउँमा राहत पुगेको थिएन । उनीहरु पनि हामीजस्तै विपदमा छन् त्यसैले यहाँ आएको राहत तथा अन्य मेडिकल टिमलाई मैले त्यतातिर पठाइदिएँ ।’

Dharmasthali Kathmandu (21) Dharmasthali Kathmandu (20) Dharmasthali Kathmandu (19) Dharmasthali Kathmandu (18) Dharmasthali Kathmandu (17) Dharmasthali Kathmandu (16) Dharmasthali Kathmandu (15)
Dharmasthali Kathmandu (13) Dharmasthali Kathmandu (12) Dharmasthali Kathmandu (11)
Dharmasthali Kathmandu (8) Dharmasthali Kathmandu (6) Dharmasthali Kathmandu (4) Dharmasthali Kathmandu (1) Dharmasthali Kathmandu (3)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment