Comments Add Comment

राहत र पुन: स्थापनाका लागि एमालेले खटायो स्वयंसेवी

Uml-Dang

२२ वैशाख, काठमाडौं । सत्तारुढ नेकपा एमालेले भूकम्प पीडितको उद्दार र राहत वितरणलाई थप प्रभावकारी बनाउन पार्टीभित्रै अर्को संयन्त्र खडा गरेको छ ।

विशेष गरी कार्यकर्तालाई जनताको सेवामा स्वयंसेवीका रुपमा खटाउन स्वयंसेवक परिचालन केन्द्रीय कमिटी गठन गरेको छ । पार्टी सचिव तथा सभासद गोकर्ण विष्टको संयोजकत्वमा गठित स्वयंसेवक परिचालन कमिटीको सहसंयोजकमा पोलिटव्यूरो सदस्य तथा अखिल नेपाल महिला संघकी महासचिव थममाया थापामगर छन् ।

यो कमिटीले पीडितलाई राहत र पुनस्र्थापनाका लागि एमालेका देशभरका कार्यकर्तालाई स्वयंसेवीका रुपमा परिचालन गर्ने अखिलका कार्यवाहक अध्यक्ष ऐन महरले बताए । यसअघि राहत र पुनस्र्थापनामा समन्वय गर्न एमालेले महासचिव इश्वर पोखरेलको नेतृत्वमो हाइ कमाण्ड गठन गरेको थियो ।

दाङबाट १० लाखको खाद्यान्न

यसैबीच पार्टी हाइ कमाण्डको निर्देशन लगत्तै एमाले दाङ निर्वाचन क्षेत्र नं. ४ ले महाभुकम्पबाट प्रभावित क्षेत्रका लागि करिव १० लाख रुपैया बरावरको खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।

स्थायी कमिटी सदस्य शंकर पोखरेलले बल्खुमा उक्त सामग्री पीडितलाई हस्तान्तरण गरेका छिन् । तत्काललाई काठमाडौं निर्वाचन क्षेत्र नं. १० अन्तर्गतका विकट पहाडी क्षेत्रका पिडितहरुलाई वितरण गर्नका लागि एमाले उपत्यका इन्चार्जसानुकुमार श्रेष्ठ र सुरेन्द्र मानन्धर मार्फत सामग्री वितरण गरिएको एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment