Comments Add Comment

‘महाराज’को कुटी नजिक महिला मृत फेला

२३ वैशाख, धरान । सुनसरीको वराहक्षेत्रस्थित ‘कृष्णदाशजी महाराज’को कुटी नजिक एक बृद्धा मृत फेला परेकी छन् । लामो समयदेखि ‘महाराज’को सेवा गर्दै सोही कुटी नजिक बस्दै आएकी ७५ वर्षीया बृद्धा विहान मृत फेला परेकी हुन् ।

सुस्तमनस्थितिकी ति महिलाको मृत्युको कारण खुलेको छैन । शवलाई पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

यसैबीच झापाको खुदुनावारी ८ घर भई हाल धरान उपमहानगरपालिकास्थित वीपी प्रतिष्ठान क्षेत्रमा भ्यान चलाउँदै आएका २८ वर्षीय निरकुमार रम्तेलको रहस्यमय मृत्यु भएको छ ।

बुधबार विहान भ्यान भित्रै अचेत अवस्थामा फेला परेका रम्तेललाई उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएलगत्तै मृत्यु भएको हो ।

दुबै घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment