Comments Add Comment

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, २ घाइते

२३ वैशाख, तम्घास । गुल्मीको रुपाकोट ३ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा अरु २ जना घाईते भएका छन् । मृत्यु हुनेमा गुल्मी मुसिकोट ६ का ट्याक्टर चालक प्रकाश कुमाल छन् ।

Tactor-Accident-at-Gulmi

बढीघाट खोलाबाट ढुंगा लिएर रुपाकोट जाँदै गरेको लु ३ प ११५१ नम्बरको ट्याक्टर रुपाकोटको सोता भन्ने स्थानमा बुधवार दुर्घटना भएको थियो । दुर्घटनामा कुमालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख हिमालय श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका ट्याक्टर धनी र सहचालकको स्थानीय मेडिकलमा उपचार भैरहेको छ ।
-अनिल खत्रीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment