Comments Add Comment

नेपालगञ्जमा शक्ति बर्द्धक औषधि बरामद

APF-Banke

आरपी सुवेदी

२३ वैशाख नेपालगञ्ज । बाँके प्रहरीले भन्सार छलेर ल्याइएको ठूलो परिमाणको शक्तिबर्द्धक औषधि बरामद गरेको छ ।
सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक प्रकाशकुमार सुवेदी नेतृत्वको टोलीले नेपालगञ्ज-१३ गोसाईगाउँका रामचन्द्र साहुको घरबाट औषधि बरामद गरेको हो ।

प्रहरीले प्रो भिटामिन पाउडर २४ कार्टुन, लाईमफ्रेस ग्लुकोज ५ कार्टुन, जिगफ्रेस गारगिल १ कार्टुन, वाल्सियम मल्टीभिटामिन ८ कार्टुनलगायतका शक्तिबर्धक औषधि विना कुनै कागजात भण्डारण गरेको अवस्थामा बरामद गरेको छ ।

नेपालगन्ज घरबारीटोलमा रहेको श्री औषधी पसलका सञ्चालक रामदिन तेलीले ति सबै औषधि आफ्नो भएको बताएका छन् । वीरगन्ज र नेपालगन्ज भन्सार हुँदै औषधि भित्राएको उनले जानकारी दिए ।

सीमा सुरक्षा कार्यालय बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक शम्भु सुवेदीका अनुसार बरामद भएका सबै शक्तिबर्द्धक औषधि भारतमा बनेका हुन् । ति औषधि नेपालमा सूचिकृत भए नभएकोबारे छानविन गरिने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment