Comments Add Comment

भुकम्प पीडितका लागि रुपन्देहीबाट सहयोगको ओइरो

Dharmasthali Kathmandu (14)
सलमान खान
२५ वैशाख, भैरहवा । गोरखाको बारपाकलाई केन्द्रबिन्दू बनाएर गएको बिनाशकारी भुकम्प पीडितका लागि रुपन्देहीबाट सहयोगको ओइरो लागेको छ ।

जिल्ला प्रशसान कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार हालसम्म रुपन्देहीबाट प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा ७५ लाख रुपैयाँ जम्मा भइसकेको र एक सय बढी संघसस्थाले भूम्कप पीडितलाई खाद्यन्न तथा जिन्सी साम्रगी प्रदान गरेका छन् ।

मर्चवारका किसानले पठाए राहत

रुपन्देहीको मर्चवार क्षेत्रका किसानहरुले भुकम्प पीडितका लागि राहत साम्रगी संकलन गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई बुझाएका छन् ।

तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री शर्वेन्द्रनाथ शुक्लको नेतृत्वमा संकलन गरिएको राहत साम्रगी बिहीबार रुपन्देही प्रशसानलाई बुझाइएको हो ।

रुपन्देही निकै विकट क्षेत्र मानिने मर्चवारका किसानहरुले चामल, दाल, आलु लगायतका करिब साढे ३ लाख रुपैयाँ बराबरको खाद्यन्न साम्रगी भुकम्प पिडितका लागि संकलन गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीलाई हसतान्तरण गरिएको तमलोपाका महामन्त्री शुक्लाले बताए।

रुपन्देही क्षेत्र नम्बर ६ अन्र्तगत पर्ने १२ गाविसका स्थानियवासी स्वतस्फुर्त रुपमा भुकम्प पीडितको लागि विभिन्न खाद्यन्न सामग्रीहरु सहयोग गरेका हुन् ।

यस्तै रुपन्देही सुनचाँदी व्यवसायी संघले भुकम्प पीडितका लागी ६ लाख ११ हजार सहयोग गर्ने भएको छ ।
संघले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरि सो रकम बराबरको चेक सुनचाँदी व्यवसायी महासंघलाई हस्तान्तरण गरेको हो ।

त्यस्तै, लम्जुङका भुकम्प पीडितलाई भैरहवाका लायन्स र लियो क्लबले संयुक्त रुपमा २० लाख मुल्य बराबरको राहत सामाग्री प्रदान गरेका छन् ।

दुइ क्लबले लमजुङको पाचौक गाबिसमा पुगेर ७८ घर परिवारहरुलाई खाद्यन्न, लत्ताकपडा,  भाडा र टेन्ट वितरण गरिएको लियो क्लव सिद्धार्थनगरका जनसम्पर्क अधिकृत मनोज क्षेत्रीले जानकारी दिए  ।

लम्जुङका बिकट गाबिस पाचौक गाबिस अन्तरगतका सबै वडामा पुगेर राहत सामाग्री बितरण गर्दा पीडितहरुका आवस्यकता अनुसारका खाध्यान्न, लत्ताकपडा, भाडाकुडा र टेन्ट बितरण गरिएको लायन्सका अधिकृत बिजय पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment