Comments Add Comment

भूकम्प स्मृति स्तम्भ बनाउने सरकारको घोषणा

Candle Light At dharara (9)

२५ वैशाख, काठमाडौं । विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाहरुको स्मृतिमा ‘भूकम्प स्मृति स्तम्भ’ निर्माण गरिने भएको छ ।

शुक्रबार व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पमा मृत्यु भएकाहरुको सम्झनालाई चीर स्थायी राख्न मृतकहरुको अभिलेख रहने गरी एक श्रद्धाञ्जली स्थल सहितको भूकम्प स्मृति स्तम्भ निर्माण गर्ने घोषणा गरेका हुन् । यो भुकम्प जस्ता प्राकृतिक विपद्बाट सुरक्षित रहने सजगताको प्रतीकको रुपमा रहने उनले बताएका छन् ।

सरकारले भूकम्प स्मृति स्तम्भ बनाइने स्थान भने घोषणा गरेको छैन । वैशाख १२ गते आएको विनाशकारी भूकम्पमा परी ७ हजार ८ सय बढीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment