Comments Add Comment

सैनिक मुख्यालयलाई रातो स्टिकर

nepal-army-logo२६ वैशाख, काठमाडौ । महाभूकम्पका कारण भत्किएको नेपाली सेनाको मुख्यालयलाई अमेरिकी र इजरायली सैनिकसहित नेपाली सेनाको प्राविधिक टोलीले रातो स्टिकर लगाइदिएको छ ।

महाभूकम्पका कारण ध्वस्त भएपछि मुख्यालय सैनिक टुँडिखेलमा पाल टाँगेर सञ्चालन गरिएको छ । प्राविधिक टोलीले भूकम्पका कारण सैनिक मुख्यालय अगाडिको पुरानो भाग भत्किएपछि पुनर्निर्माण गर्न सुझाव दिएको नेपाल समाचारपत्रमा खबर छ ।

सैनिक प्रवक्ता सहयकरथी जनदीशचन्द्र पोखरेलले सैनिक मुख्यालयसहित सेनाका चार चार सय ५३ वटा भवन पुनर्निर्माण गर्नुपर्ने भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment