+
+
Shares

फिल्मका सामान्य गल्ति, ठूलो अर्थ

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २८ गते ८:३६

मुम्बई । फिल्म निर्माण सजिलो विषय रहेन । हरेक फिल्म निर्देशकले फिल्म बनाउँदा सामान्य भन्दा सामान्य विषयमा पनि ध्यान पुर्‍याउन पर्ने हुन्छ । सानो गल्ति देख्ने बित्तिकै समिक्षकले त उछित्तो काढ्छन् नै, दर्शकले समेत टिप्पणी गर्ने हैषियत राख्छन् ।

केही हिन्दी फिल्म यस्ता छन्, जहाँ निर्देशकले गरेका सामान्य गल्तीले ठूलो अर्थ राखेको देखिन्छ ।

विशाल भारद्धाजको निर्देशनमा बनेको शाहिद कपुर अभिनित चलचि ‘हैदर’ को एउटा गीत छ ‘बिस्मिल…। गीतको ब्याकराउण्डमा एउटा टावर देखिन्छ । फिल्ममा काश्मिरको सन् १९९० को प्रसंग देखाउन खोजिएको छ । जबकी त्यतिवेला त्यो ठाउँमा कुनै टावर थिएन ।

film-mistakes-1_143108698

चलचित्र ‘क्वीन’ मा कंगना रनौत एयर फ्रान्सवाट विदेशको यात्रा यात्रा गर्दै हुन्छिन् । जुन कम्पनिको बिमान बोईङ ७७७ हो तर, कंगना एयरबस ए ३२१ मा बसेको स्पष्ट देखिन्छ । अर्को कुरा ए एयरबस ३२१ ले लामो यात्रा गर्दैन ।

क्वीनकै अर्को दृष्य मा कंगना पेरिस (फ्रान्स) वाट एम्सटर्डम (नेदरल्याण्ड) का लागि लोकल स्पि्र्ेन्ट ट्रेनमा यात्रा गरेको देखिन्छ । यथार्थमा स्पि्रन्ट ट्रेन नेदल्याडभित्र मात्रै चल्छ ।

साजिद नाडियावालाको चलचित्र ‘किक’ को एउटा दृष्यमा कारको ढोका अचानक फर्केर आएको देखाइएको छ । जुन दृष्य पत्यारिलो लाग्दैन ।

सिद्धार्थ आनन्दको फिल्म ‘बैंग बैंग’ को गीत तु मेरी सुरु हुनु अघिसम्म ऋतिक रोशन चोटग्रष्त हुन्छन् । उनको पेटमा चोट लागेको कारण राम्ररी हिंडन पनि सक्दैन्न् । तर, एकैछिनमा खतरा डान्स गर्छन् ।

अर्को फिल्म ‘कील दिल’ को एउटा दृष्यमा परिणीती चोपडाले बाईक चलाएकी छिन् । उनको पछाडी बसेका छन् रणबीर सिंह तर, परिणीतीले बाईक कुदाउँदा उनको कपाल समेत हल्लिएको हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?