Comments Add Comment

भूकम्पले त्रिभुवन विमानस्थल पौने एकघण्टा अवरुद्ध

२९ वैशाख, काठमाडौं । भूकम्प गएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) पौने १ घण्टा अवरुद्ध भएको छ । दिउँसो ७.४ रेक्टर स्केलको भूकम्प गएपछि सुरक्षाका लागि विमानस्थल बन्द गरिएको थियो । अहिले विमानस्थल सामान्य रूप्मा सुचारु भइसकेको विमानस्थल प्रशासनले जनाएको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

‘विमानस्थल सामान्य समयमा जस्तै सुचारु भइसकेको छ’ टीआइएका निमिक्त महाप्रबन्धक बीरेन्द्रप्रसाद श्रेष्ठले अनलाइनखबरसँग भने- ‘अन्तर्राष्ट्रिय उडान अवतरण भइरहेका छन् ।’

विमानस्थल कार्यालयका अनुसार पौने घण्टा उडान अवतरण बन्द हुँदा कुनै पनि जहाज डाइभर्ट गर्नुपरेन । समाचार तयार पार्दासम्म विमानस्थल सुचारु भएपछि एयर अरेबिया, कतार एयरवेज अवतरण गरिसकेका छन् भने एयर एशिया अवतरण गर्ने तयारीमा छ ।

विमानस्थलमा अव नियमित उडान अवतरण हुने श्रेष्ठको भनाई छ । यात्रुहरुलाई बोर्डिङ पास लिने काम भइरहेको छ भने बोर्डिङ पास लिइसकेका यात्रुहरु भित्र पसिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment