Comments Add Comment

के मिर्गौला रोगको एकमात्र उपचार डायलसिस हो ?

मिर्गौला रोगले धेरैको चैन खोसिदिएको छ । कतिको घरबार डुबाएको छ । जब मिर्गौला काम नलाग्ने हुन्छ, उपचार निकै जटिल हुन्छ । साथसाथै खर्चिलो पनि । समाजमा यस्तै भनाई व्यापक छ । के मिर्गौला रोग अत्यान्तै जटिल हो ? के यसको उपचार जटिल छ ?

भ्रम: मिर्गौलाको रोग यसरी लाग्छ कि कुनै संकेत पाइंदैन

हुन त यो भनाईमा केही सत्यता पनि छ, कतिपय अवस्थामा मिर्गौला रोग लागेको थाहा पत्तो हुँदैन । जब अन्तिम अवस्थामा पुगिन्छ, तब मात्र मिर्गौला खराब भइसकेको थाहा हुन्छ ।

क्रनिक किड्नी डिजिजका कारण मिर्गौला ९६ प्रतशितसम्म खराब हुन्छ । थोरै मात्र समस्या भयो भने चिकित्सकलाई देखाउनुहोस् । सामान्य रक्त तथा पिसाब परीक्षणबाट नै मिर्गौलाको अवस्थाबारे थाहा पाउन सकिन्छ ।

भ्रमः मिर्गौला रोगको उपचार एक लामो र खर्चिलो प्रक्रिया हो

यो गलत हो । मिर्गौला रोग त्यती खर्चिलो हुँदैन, जति बाहिर हल्ला छ । त्यस्तै यो असहज पनि होइन । यसमा दुई प्रकारको परीक्षण हुन्छ, सामान्य यूरिन टेस्टबाट यूनिमा प्रोटिनको मात्रा जाँच गरिन्छ । यदि यूरिनमा प्रोटिनको मात्रा कम छ, त्यसो हो भने यो मिर्गौला रोगको संकेत हुनसक्छ । जीएफआर (ग्लोमेरुलर फिल्ट्रेशन रेट)को पता लगाउनका लागि सामान्य रक्त परीक्षणबाट जिआरएफ नम्बर थाहा हुन्छ कि तपाईंको मिर्गौलाले कति राम्ररी काम गरिरहेको छ ।

भ्रमः कसैलाई थाहा हुँदैन कि मिर्गौलाको रोग किन लाग्छ ?

मिर्गौला रोगको सबैभन्दा दुई प्रमुख कारण हुनसक्छ, मधुमेह र उच्च रक्तचाप । यसको कारण दुबै मिर्गौलाको स-सना रक्त नली क्षतिग्रस्त हुन्छ । यसले मिर्गौलालाई हानी पुर्‍याउँछ । केही अरु स्थिती हो, जसले मिर्गौलालाई हानी पुर्‍याउँछ । यसमा सम्मिलित छ हृदय रोग, ग्लोमेरुलोनेफ्राइटिस र जन्मजात पोली सिस्टिक किड्नी डिजिज, जसले गर्दा मिर्गौलामा सिस्ट बन्छ ।

भ्रमः मिर्गौला रोगको एकमात्र उपचार डायलसिस हो ।

मिर्गौला रोगका सबै पीडितका लागि डायलसिसको आवश्यक्ता पर्दैन । प्रारम्भिक स्तरमा यसलाई व्यायाम, खानपान, औषधीबाट नियन्त्रण गर्न सकिन्छ । यस किसिमको कतिपय व्यक्ति मिर्गौलाको गंभिर रोगी हुनबाट बच्न सक्छन् र सामान्य जीवन विताउन सक्छन् । यसैले एकदम जरुरी कुरा हो कि, मिर्गौला खराब हुँदाको सुरुवाती चरणबारे थाहा हुनु । अतः त्यसको उपचारको लागि उपयुक्त तयारी गर्नु ।

डायलसिस र प्रत्यारोपण त्यसबेला मात्र आवश्यक हुन्छ, जब मिर्गौला फेल हुन्छ ।

भ्रमः एक मिगौला फेल हुन्छ कि दुबै ?

सबै स्वास्थ्य जटिलताको कारण दुबै मिर्गौला फेल हुन्छ । मिर्गौला फेलियर शब्दावली तब प्रयोग गरिन्छ, जब दुबै मिर्गौलाले काम गर्न छाड्छ । यदि एउटा मिर्गौला ठिक छ भने रगतमा यूरियाको स्तर खास बढ्दैन ।

भ्रमः मिर्गौला यसै पनि खराब हुन्छ

होइन, मिर्गौलालाई हामीले स्वस्थ्य राख्न सक्छौं । पोषक भोजनको सेवन गरौ, नियमित रुपले व्यायाम गर्रौ, रगतमा चिनीको मात्रा नियन्त्रण गरौ, तौल नियन्त्रण गरौ, धुमपान छाडौ, पेनकिलरको प्रयोग कम गरौ । यी सबै बानीले मिर्गौलालाई स्वस्थ्य राख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment