+
+
Shares

कुनै पनि जेठ १५ मा राजावादीका सपना पूरा हुँदैनन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्काउने भन्दै आन्दोलन घोषणा गरेकाहरूलाई लहड त्यागेर संविधानअनुसार अघि बढ्न सुझाव दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १४:३३

२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले राजा फर्काउने राजावादीहरूका सपना कहिल्यै पूरा नहुने बताएका छन् ।

राजावादी पार्टी र संगठनहरूले जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलन घोषणा गरेर राजा फर्काउने भन्दै लागि रहेका बेला प्रधानमन्त्रीले राजावादीका सपना पूरा नहुने बताएका हुन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदसँगको प्रश्नोत्तरमा सहभागी हुँदै प्रधानमन्त्रीले भने, ‘यसपल्टको जेठ १५ गते होइन, अब आउने कुनै पनि जेठ १५ गते पर्खनुस्, तपाईंहरूको सपना साकार हुने छैन । प्रतिगामी सपना काम लाग्दैन ।’

प्रधानमन्त्रीले बदलिँदो समयलाई ख्याल गर्दै अघि बढ्न राजावादीहरूलाई आग्रह गरे । उनले इतिहासमा मिल्किसकेको राजतन्त्रको पछि लाग्न भन्दा संविधानअनुसार अघि बढ्न राजावादीहरूलाई सुझाव दिए ।

‘समयलाई चिनौं, समयानुसार अघि बढौं बंगलादेश बनाउँछौं भन्ने । बंगलादेशमा पनि बितेको राजा त फर्काएनन् त, त्यहाँ पनि राजा थिए नि एकपटक । श्रीलंकामा पनि राजा फर्काएको होइन । लोकतन्त्रभित्रको कुरा हो । लोकतन्त्र, संविधान, प्रणाली र शान्तिपूर्ण राजनीति भित्रको कुरा गर्न सिके हुन्थ्यो,’ उनले भने ।

राप्रपा, राप्रपा नेपाललगायतका पार्टी र विभिन्न राजावादी संघसंस्थाले नवराज सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन समितिमार्फत १५ जेठबाट अनिश्चितकालनि जनआन्दोलन घोषणा गरेका छन् ।

राजावादीहरूले राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापना, संघीयता खारेजीलगायका एजेन्डा अघि सारेर आन्दोलन गर्दै आएका छन् । त्यही घोषणाप्रति लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले प्रतिगामी सपना काम नलाग्ने भनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?