+
+
Shares

‘मिस वर्ल्ड’ भारतमा सुरु, नेपाली गीत र राष्ट्रिय झण्डासहित देखिइन् सृच्छा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १४:१८

काठमाडौं । भारत-पाक तनावको छायाँबीच विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड’को ७२ औं संस्करण शनिबारदेखि दक्षिण भारतीय राज्य तेलागांनाको हैदराबादमा सुरु भएको छ ।

एक महिनासम्म चल्ने प्रतियोगिताको उद्घाटन समारोह निकै रोचक रह्यो । ११० देशका प्रतियोगी सुन्दरीले उद्घाटन समारोहमा प्रस्तुति दिँदै आफ्नो परिचयलाई आफ्नो सांस्कृतिक शैलीमा पस्किए ।

मिस नेपाल सृच्छा प्रधानले चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डा बोक्दै परिचय दिइन् । उनले नेपालको संस्कृतिक झल्कने पोशाकमा समेत प्रस्तुति दिइन् ।

तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीको उपस्थितिमा हैदराबादको गाचीबोवली इनडोर स्टेडियममा भव्य उद्घाटन समारोह आयोजना गरिएको थियो । भारत–पाक तनावको कारण कार्यक्रमको स्थलको सुरक्षा निकै कडा तुल्याइएको थियो ।

भारतले सन् २०२४ को मिस वर्ल्ड पनि मुम्बईमा आयोजना गरेको थियो । तेलंगाना सरकारले यो कार्यक्रमलाई विश्वव्यापी मञ्चमा राज्यको संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने प्लेटफर्मको रूपमा हेरिरहेको छ ।

उद्घाटन समारोहअघि प्रहरीले उक्त क्षेत्रमा गैरकानूनी रुपमा बस्दै आएका पाकिस्तानी र बंगलादेशी नागरिकलाई पक्राउ गरेको खबर आएका थिए ।

भारत प्रस्थान गर्नुअघि अनलाइनखबरसँग कुरा गर्दै सृच्छाले प्रतिस्पर्धालाई लिएर आफू उत्साहित रहेको बताएकी थिइन् । उनले ब्युटी विथ पर्पस विधामा ‘पञ्च प्रणाली’ इनिसिएटिभ प्रस्तुत गर्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?