
२८ वैशाख, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलमा उठेका जिज्ञासाको जवाफ दिएसँगै नीति तथा कार्यक्रममाथिको छलफल सकिएको हो ।
प्रतिनिधिसभाको बैठकमा अहिले नेपाल सरकारको वार्षिका नीति तथा कार्यक्रममाथिका विभिन्न दलका सांसदहरूले पेश गरेको संशोधन प्रस्ताव निर्णयार्थ पेश गरिँदैछ ।
आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले १९ वैशाखमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।
त्यसमाथि २२ वैशाखदेखि छलफल सुरु भएको थियो । आगामी ३० वैशाखमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ ।
नेपालको संविधानअनुसार प्रत्येक वर्षको जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि तयार पारेको विनियोजन विधेयक (बजेट) संघीय संसद्को संयुक्त बैठकमा पेश गर्ने व्यवस्था छ ।
प्रतिक्रिया 4