Comments Add Comment

यी हुन् दक्षिण भारतका कामुक सुन्दरी

नायिका नमिता
नायिका नमिता

भारतीय चलचित्रको कुरा गर्ने बित्तिकै बलिउडकै नाम सबैभन्दा अगाडि आउँछ । बलिउडमै कार्यरत नायिका चर्चाको विषय बन्ने गर्छन् । तर, भारत यस्तो देश हो जहाा हरेक भाषामा आ-आफ्नै शैलीमा चलचित्र बनाउछन् । हरेक प्रान्तमा हट एण्ड सेक्सी नायिका छन् ।

दक्षिण भारतमा छुट्टै चलचित्र उद्योग छ भने तामिल, मलाया लगायत अन्य धेरै भाषामा विभिन्न प्रान्तमा चलचित्र बन्ने गरेको छ । ‘टाइम्स अफ इण्डिया’ले दक्षिण भारतमा सक्रिय हट सुन्दरीहरुको सूची तयार पारेको छ ।

५० बढी सुन्दरी अहिले दक्षिण भारत अन्तर्गत विभिन्न चलचित्रमा सक्रिय छन् । ती मध्ये केही सुन्दरी यस्ता छन् :
दक्षिण भारतकी प्रसिद्ध सुन्दरी हुन् नयन तारा । तामिल चलचित्रमा सक्रिय यी नायिकाको फिगर निकै लोभलाग्दो छ । नमिता पनि दक्षिण भारतमा सक्रिय अर्की सुन्दरी हुन् । उनको छातीमा सौन्दर्यको जाँदु छ भनिन्छ । सन् २००६ मा हिन्दी चलचित्र ‘लभका चक्कर मे’ मा काम गरेपनि बलिउडमा स्थापित हुन भने सकिनन् ।

हिन्दी चलचित्र ‘सिंघम’मा काम गरेकी काजोल अग्रवालको तारिफ राम्रै भएको थियो । तर, पनि उनको सक्रियता तेलगु चलचित्रमै सिमित छ । दक्षिणको सुपरस्टार मानिन्छिन् तमन्ना भट्ट । उनलाई पछ्याउनेहरु निकै छन् । उनको अनुहार र शरीर निकै राम्रो भएको मानिन्छ ।

तमन्ना भट्ट
तमन्ना भट्ट

‘मिस मद्रास’को उपाधी जितेपछि सन् १९९९ मा अभिनयमा प्रवेश गरेकी थिईन् तृषा कृष्णाले । उनी अभिनय र मोडलिङ दुबैमा सक्रिय छिन् । दक्षिण भारतमा ‘हट हिरोईन’ को परिचय बनाएकी छिन् प्रीयामानीले । केही मलाया चलचित्र खेलेकी प्रीयामनीले नेशनल अवार्ड नै पाएकी छिन् । फिल्मफेयर र अन्य अवार्ड समेत पाएकी उनको सक्रियता लोभलाग्दो छ ।

नायिका प्रियामनी
नायिका प्रियामनी

जेनेलिया डि-सुजाले पनि तमिल चलचित्रवाटै करिअर सुरु गरेकी थिईन् । कम्युटर एप्लीकेशनमा ग्राजुएट गरेकी अनुष्का शेट्टी अर्की चर्चित सुन्दरी हुन् । प्रारम्भमा सिरियलमा देखिएकी अनुष्काले केही तेलुगु चलचित्रमा अभिनय गरेकी छिन् ।

नायिका ऋचा पनाई
नायिका ऋचा पनाई

तमिल र मलाया चलचित्र उद्योगमा अभिनय र मोडलिङमा सक्रिय छिन् ऋचा पनाई । उनले धेरै विज्ञापनमा पनि मोडलिङ गरेकी छिन् । ऋतिक रोशन अभिनित ‘कोई मिल गया’ मा अभिनय गरेकी हंशिका मोटवानीले केही तेलुगु चलचित्रमा अभिनय गरेकी छिन् ।

नायिका हंशिका मोटवानी
नायिका हंशिका मोटवानी

तमील चलचित्रबाटै चर्चामा आएकी अर्की सुन्दरी हुन् मिरा चोपडा । उनी अहिले पनि तमील चलचित्रमै सक्रिय छिन् । चामी कौरले १३ वर्षकै उमेरमा तेलुगु चलचित्रमा अभिनय गरेकी थिईन् । मलायाम चलचित्रवाट अभिनयमा प्रवेश गरेकी ममता मोहनदास गायिका पनि हुन् । उनले केही चलचित्रमा स्वर समेत दिएकी छिन् ।

नायिका मिरा चोपडा
नायिका मिरा चोपडा

कमल हसनकी छोरी श्रुती हसनले आफ्नै परिचय बनाईसकेकी छिन् । तमिल भाषाकै चलचित्रमा काम गरेर करिअर बनाएकी अर्पणा बाजपाइ अहिले पनि यही नगरीमा सक्रिय छिन् ।

बैगलारको कर्नाटकमा जन्मिएकी लक्ष्मी राई दक्षिण भारतीय चलचित्र उद्योगमा सक्रिय नाम हो । उनले पनि तमिल चलचित्रवाटै करिअर सुरु गरेकी थिईन् । उनी अहिलेकी चर्चित नायिका मानिन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment