+
+

राजदूत कार्कीद्वारा अमेरिकी विदेशमन्त्रीसँग भेट, भूकम्पपीडितको पुनःस्थापनामा सहयोग गर्न आग्रह

वासिङटन डीसी । संयुक्त राज्य अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले त्यहाँका विदेशमन्त्री जोन केरीसँग भेटवार्ता गरेका छन् ।

कार्यकाल सम्हाल्न हालै वासिङ्टन आइपुग्नुभएका राजदूत डा. कार्कीले त्यहाँको स्टेट डिर्पाटमेन्टमा आफ्नो ओहोदाको प्रतिलिपि बुझाउने क्रममा केरीसहितका उच्च अमेरिकी अधिकारीसँग भेटवार्ता गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ३० गते १७:२७

Arjun-Karki-with-jhon-kery

  • अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की अमेरिकी विदेशमन्त्री जोन केरीसँग भेटवार्ता गर्दै । तस्वीर : अमेरिकी विदेश मन्त्रालय

वासिङटन डीसी । संयुक्त राज्य अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले त्यहाँका विदेशमन्त्री जोन केरीसँग भेटवार्ता गरेका छन् ।

कार्यकाल सम्हाल्न हालै वासिङ्टन आइपुग्नुभएका राजदूत डा. कार्कीले त्यहाँको स्टेट डिर्पाटमेन्टमा आफ्नो ओहोदाको प्रतिलिपि बुझाउने क्रममा केरीसहितका उच्च अमेरिकी अधिकारीसँग भेटवार्ता गरेका हुन् ।

उनले डेपुटी सेक्रेटरी अफ स्टेट हैदर हिगिनवटमलाई आफ्नो अहोदाको प्रमाणपत्रको प्रतिलिपि बुझाए । सो अबसरमा उनले एसिस्टेन्ट सेक्रेटरी अफ स्टेट नीशा देसाई बिशवालसँग पनि भेटवार्ता गरे । आगामी मे १८ तारिखमा उनले राष्ट्रपति बराक ओबामालाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउने छन् ।

केरीसँगको भेटमा राजदूत कार्कीले गत अप्रिल २५ तारिखमा नेपालमा आएको महाभूकम्पपछि उद्दार र राहत प्रकृयामा सहयोग गरेकोमा अमेरिका सरकारलाई धन्यबाद दिँदै भूकम्पपीडितको पुनस्थापनाका लागि पनि सहयोग गर्न आग्रह गरेको दूतावास स्रोतले जानकारी दिएको छ ।

साथै उनले अमेरिकामा बसोबास गरिरहेका हजारौं नेपालीहरुलाई भूकम्प पीडित परिवारलाई भेट्न जान समस्या परेकाले भिसा सकिएका नेपालीहरुलाई टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) प्रदान गर्न समेत आग्रह गरे ।

अमेरिकी अधिकारीहरुको सकारात्मक जवाफसँगै राजदूत कार्कीले स्टेट डिपार्टमेन्ट मार्फत् डिर्पाटेमन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई यस्तो मान्यता प्रदान गर्न पत्राचारसमेत गरेका छन् । यस्तो मान्यता दिएमा अमेरिकाबासी हजारौं भिसाविहीन नेपालीहरु आफ्ना परिवारलाई भेटन नेपाल आउन तथा अमेरिकामा १८ महिनासम्म बैधानिकरुपमा काम गर्न पाउनेछन् ।

साथै राजदूत कार्कीले नेपाली तयारी पोशाक तथा गलैंचा लगायतका उत्पादनलाई अमेरिकी बजारमा सहज पहुँचका लागि सहयोग गर्न समेत आग्रह गरेका छन् ।

विश्व बैंक र अमेरिकी उच्च अधिकारीसँगको भेटमा राजदूत कार्कीले नेपालमा भूकम्प पीडितका लागि भइरहेको प्रयासको जानकारी दिँदै प्रधानमन्त्री राहत कोषमार्फत् नै नेपाललाई सहयोग गर्न अनुरोध गरेका छन् ।

पासपोर्ट प्राप्त गर्ने प्रकृया सरलीकृत

यसैबीच डा. कार्कीले अमेरिकाका लागि नेपाली राजदूतको कार्यकाल सम्हालेलगत्तै दूतावासबाट प्रदान गरिने एमआरपी पासपोर्ट प्राप्त गर्ने प्रकृयालाई सरलीकृत गरिदिएका छन् । यसबाट त्यहाँ भिसाविहीन अबस्थामा बस्नुपरेका हजारौं नेपालीलाई लाभ पुग्ने छ ।

यसैबीच अमेरिकी स्टेट डिपार्टमेन्टकी एसिस्टेन्ट सेक्रेटरी नीशा देसाई बिशवाल नेपालमा भूकम्पले पारेको क्षतिबारे जानकारी लिन चाँडै नेपाल भ्रमण आउन लागेको जानकारी दिएको डीसीस्थित नेपाली राजदूतावासले जारी गरेको बिज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?