Comments Add Comment

टी-२० विश्वकप छनोटमा नेपाल समूह एमा

Nepal-Cric-team

३१ वैशाख, काठमाडौं । टी-२० विश्वकप छनोट क्रिकेटमा नेपाल तुलनात्मक रुपमा सहज समूहमा परेको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले बिहीबार खेल तालिका सार्वजनिक गरेको छ ।

नेपाल समूह एमा परेको छ, जुन समूहमा आयरल्याण्ड, हङकङ, पपुवा न्यूगिनी, नामिबिया, अमेरिका र जर्सी परेका छन् । समूह बीमा अफगानिस्तानसँगै यूएई, नेदरल्याण्ड, स्कटल्याण्ड, क्यानडा, केन्या र ओमान परेका छन् ।

नेपालले आफ्नो पहिलो खेल अमेरिकासँग जुलाई १० मा खेल्नेछ । जुलाई ११ मा नामिबिया, जुलाई १३ मा आयरल्याण्ड र जुलाई १५ मा हङकङसँग खेल्नेछ । यस्तै १७ मा पपुवा न्यूगिनी जुलाई १८ मा जर्सीसँग खेल्नेछ ।

ICC World Twenty20 Qualifier 2015_650

ओमान र यूएईसँग अभ्यास खेल

औपचारिक खेल अघि नेपालले दुई अभ्यास खेल पनि खेल्नेछ । जसमा जुलाई ६ मा ओमान र ७ मा यूएईसँग खेल्नेछ ।

विश्वकप छनोटका खेलहरु आयरल्याण्ड र स्केटल्याण्डले आयोजना गर्नेछन् । नेपालका सबै खेल आयरल्याण्डमा हुनेछ । चार खेल उत्तरी आयरल्याण्डको बेलफास्टमा हुनेछ । बाँकी दुई खेल भने डब्लिनमा हुने भएको छ ।

शीर्ष टोली सिधै छनोट

दुबै समूहको शीर्ष स्थानमा रहने टीम २०१६ मा भारतमा हुने विश्वकपका लागि छनोट हुनेछन् । बाँकी चार टीम छनोटका लागि प्ले अफ म्याच हुनेछ । समूह एको दोस्रोले बीको तेस्रो र समूह एको तेस्रो समूह बीको दोस्रो टीमसँग प्ले अफ खेल्नेछ ।

प्ले अफमा पराजित दुबै टीमले दुबै समूहको चौथो स्थानमा रहने टीमसँग प्ले अफ खेल्नेछन् । यसरी प्ले अफका चार विजेताले विश्वकपमा स्थान बनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment