Comments Add Comment

विप्लवको भविश्यवाणी : जेठपछि नेपाल अर्कै ठाउँमा पुग्छ

Netrabikarm Chanda

४ जेठ, काठमाडौ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जेठपछि नेपाल अर्कै ठाउँमा पुग्ने भविश्यवाणी गरेका छन् ।
विनाशकारी भूकम्पपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा खटिएर फर्किएका विप्लवले आइतवार खुलामञ्चमा गरेको पत्रकार सम्मेलनमा यस्तो घोषणा गरेका हुन् । उनले जेठभित्रै नयाँ नेपाल बनाउने दाबीसमेत गरे ।

‘भूकम्पीय विध्वंसलाई निर्माणमा बदलौं’, उनले भने, ‘सहयोगका लागि अरुको मुख नताकौं, हामी आफै मिलेर गरौं ।’

जेठभित्रै विदेशी सेना फर्किनुपर्ने

नेता विप्लवले भूकम्पले विध्वंस बनाएको नेपालमा उद्धारका नाममा बर्दी लगाएर विदेशी सेना उतारिएको भन्दै रोष प्रकट गरे । विदेशी सेना बर्दी लगाएर उत्रिँदा राष्ट्रपतिलाई समेत जानकारी छैन भन्नु हास्यास्पद भएको उनले बताए ।

विप्लवले जेठ महिनाभित्रै विदेशी सेनाहरु फर्किनुपर्ने बताए । विदेशी सेनाहरु जेठभित्रै फर्किनुपर्छ भनेर आफूहरुले मात्रै बोलेको दाबी गर्दै उनले अरु कुनै दल र सरकार मूकदर्शक बनेको आरोप लगाए ।

खल्लामञ्चमा पत्रकार सम्मेलन आयोजना गरेका विप्लवका कार्यकर्ताले प्रश्न सोध्न खोज्ने एक युवकलाई पिटेर घाइते बनाएका थिए ।

यो पनि पढ्नुहोस्

खुलामञ्चमा विप्लवलाई प्रश्न सोध्न खोज्ने उद्धारकर्ता कुटिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment