+
+
Shares

दूधको मूल्य अस्तब्यस्त

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ५ गते ७:२३

DDC-milk
५ जेठ, काठमाडौ  । सामान्य अवस्थामा दैनिक साढे ४ लाखदेखि ५ लाख लिटर खपत हुने राजधानीको दुग्ध मूल्य श्रृंखला तीन सातायता अस्तब्यस्त भएको छ ।

वैशाख १२ को भूकम्प र त्यसपछि आएका पराकम्पनहरुका प्रभावले दुग्ध संकलन, प्रशाधन र बजारीकरणको प्रक्रिया लथालिंगजस्तै छ ।

दुग्ध उत्पादनदेखि उपभोक्तासम्म पुर्याउने प्रक्रिया ‘गोठदेखि ओठसम्म’ नै दूधको मूल्य शृंखला हो । शृंखलाको मुख्य हिस्सा उपभोक्ताले धमाधम उपत्यका छाड्न थालेपछि दूधको बिक्री ३ गुणा कम भएको अनुमान छ ।

सामान्य अवस्थामा एक लाख ५० हजार लिटर दूध बिक्री गर्ने दुग्ध विकास संस्थानको ब्यापार आधा घटेको छ भने निजी डेरी र अनौपचारिक क्षेत्रबाट हुने बिक्री पनि सामान्य अवस्थााभन्दा ३ गुणा घटेको कारोबार दैनिकमा खबर छ ।

भूकम्पका कारण कृषकले दूधबाट आर्जन गर्ने आम्दानी, दूध बिक्रीबाट हुने उद्योगको आम्दानी र बिक्रेताको ब्यापारसम्म प्रभावित बनेको छ भने कतिपय उपभोक्ताले खोजेेको समयमा दूध नपाउने समस्या पनि देखिएको छ ।

उत्पादनका हिसाबले अहिले दूध अभाव हुनुपर्ने सिजन हो । तर भूकम्पले गर्दा मूल्य श्रृंखलामा परेको प्रभावका कारण उत्पादनै कम हुँदा पनि कृषकको दूध बिकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?