Comments Add Comment

भूकप्पपीडितलार्इ सहयोग दिनेबारे डिसीमा राजदूत कार्कीसँग अन्तरक्रिया

america nepal sociatyविजय थापा 

वाशिंगटन डिसी । डिसी महानगर क्षेत्रमा स्थापना भएको उत्तर अमेरिकाकै जेष्ठ संस्था अमेरिका नेपाल सोसाईटीको आयोजनामा अमेरिकाका लागि राजदूत डा अर्जुनकुमार कार्कीसँग व्हाइट हाउस नजिक रहेको आर्लिंगटन पुस्तकालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अमेरिकामा आएका पूर्व अधिकांस राजदूतलाई सन् १९६७ मा स्थापना भएको अमेरिका नेपाल सोसाइटीले सर्वप्रथम डीसीमा स्वागत तथा सम्मान कार्यक्रम गर्दै आएता पनि विनासकारी भूकम्पको कारण देश शोकमग्न भएकोले स्वागत तथा सम्मान कार्यक्रमलाई थाती राखिएको आयोजकले बताए । कार्यक्रममा नेपालको भूकम्प, सहयोग, गतिबिधि तथा आर्थिक संकलन बिषयमा केन्द्रित रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा बिदेशी अतिथिहरुमा आर्लिंगटन डेमोक्राटिक दलका सभासद अल फोन्सो लोपेजले १९७० मा आफू जन्मेको समयमा भर्जिनियामा ७२ प्रतिशत अमेरिकन (व्हाइट),लेटिनोको जनसंख्या ०.९ र एसियनहरुको जनसंख्या ०.३ रहेको भन्दै अहिले आएर ६० प्रतिशत अमेरिकन ८.७ प्रतिशत लेटिनो र एसियनहरु ५.६ पुगेको बताए । अन्य अतिथिहरुले भूकम्पमा जन धनको ठुलो क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै ठूलो आर्थिक संकलन गरिरहेको बताए ।

कार्यक्रममा भूकम्पबाट पीडित परिवारका सदस्यहरु जो अमेरिकामा कागजात नभएको कारण जान पाएका छैनन उनीहरुले भोग्नु परेका समस्या, समाधान र आप्रवासन सम्बन्धि डा फराहानीले जानकरी गराएकी थिइन् ।

यस्तो कठिन अवस्थामा सरकारलाई दह्रो बनाउनु पर्छ र सरकारलाई अझ जिम्मेबारी बनाउने विदेशमा बस्ने नेपालीको भएके राजदुत डा कार्कीले बताए । अमेरिका नेपाल सोसाइटीले राजदुत डा कार्की ५ हजार डलरको चेक (धनादेश) प्रधानमन्त्री राहत कोषमा पठाएको छ ।

एएनएसले अहिले सम्म जम्मा १६ हजार ८ सय ५८ उठाएको भन्दै अन्य रकम नेपालको भूकम्प पिडितलाई नेपाल पुर्याइसकेको बताएको छ । भर्जिनियाको फल्स चर्चमा बसोबास गर्ने निलकण्ठ सुबेदीले झन्डै १ हजार डलर व्यक्तिगत रुपमा आफ्नो कार्यस्थलबाट संकलित रकम राजदुत कार्कीलाई हस्तान्तरण गरेका छन् भने नर्थ क्यारोलिनाबाट आएका संचारकर्मी बिनय अर्यालले पनि आफ्नो कार्यस्थलमा थुप्रै सामग्री तथा रकमको संकलन गरेको जानकारी गरुदै दुतावासमा पठाउने बताए ।

राजदुत कार्कीले आफू आएको पहिलो दिन नै विदेशमन्त्रि जन केरी, उपमन्त्रि तथा सहायक मन्त्रिलाई भेटि नेपालकोबारेमा जानकारी गराएको भन्दै दोस्रो दिन नै लिखित रुपमा टेम्पोररी प्रोटेक्टेड स्ट्याटस(टिपीएस) बारेमा पत्राचार गरिसकेको बताए ।

डा कार्कीले मे १८ तारिख सोमबार अमेरिकाका राष्ट्रपति बाराक ओबामालाई ओहदाको प्रमाण पत्र बुझाउने र नेपालको अवस्था बारेमा ओबामालाई कुराहरु राख्ने बताए । सभापति जीवन तिवारीले संस्थाको परिचय संक्षिप्त रुपमा दिदै राजदुत डा अर्जुनकुमार कार्कीलाई स्वागत गर्दै कार्यकालको सफलतको कामना दिएका थिए l

यसैगरि गैरआवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष लोकनाथ तिवारीले भूकम्पपीडितलाई राहत पुर्याई आएको जानकारी गराउदै आफूले एनआरएनलाई ५ लाख दिएको भन्दै आगामी दिनमा आफ्नो ब्यबसायबाट संकलित रकमबाट १० हजार डलर दुतावासलाई दिने बताए l

उक्त अन्तरक्रिया कार्यक्रममा भर्जिनिया लाउडन काउन्टीका डलस जिल्ला सभापति तथा लेखा परीक्षक हरि शर्माले अमेरिकामा जम्मा भएको रकम नेपाल भित्र्याउदा पर्ने प्राबिधिक तथा कानुनी कुराहरुमा चर्चा गरेका थिए भने नेपाल गएर भूकम्पपीडितलाई उद्धार गर्नेलाई नेपाली समुदायले हौसला प्रदान स्वरुप उनका परिवारलाई समेत प्रोत्साहन गर्नु पर्ने बताए । राजदुत कार्कीले बिशेष आर्थिक सहयोग गर्नेलाई राष्ट्रपतिबाट सम्मान गर्ने योजना समेत रहेको बताए l

उक्त अन्तरक्रिया कार्यक्रममा एएनएस बिनोद तथा सावित्री छात्रवृतिमा बिजयी हुने बिद्यार्थीहरुलाई प्रमुख अतिथि राजदुत डा कार्की द्वारा प्रमाण पत्र प्रदान गरेका थिए । १२ जना प्रतियोगीतिहरुमा यस बर्षमा प्रथम हुने उपासना अधिकारीले २ हजार डलर तथा दोश्रो हुने सयस भट्टराईले १ हजार डलर पुरस्कार जितेका छन् l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment