Comments Add Comment

भूकम्पले अबरुद्ध तातोपानी सडक खुल्यो

६ जेठ, काठमाडौं । भूकम्पका कारण अबरुद्ध सिन्धुपाल्चोक तातोपानी सडकखण्ड बुधबार दिउँसोदेखि खुलेको छ । चिनियाँ उद्धार टोलीले बाटोमा खसेको पहिरो पन्छाएर गाडी चल्नसक्ने बनाएको छ ।

सडक खुलाउन खटिएको चिनियाँ टोली
सडक खुलाउन खटिएको चिनियाँ टोली

‘बाटो खुलेर दुईतर्फी गाडीहरु चल्न थालिसकेका छन्,’ नेपाल चेम्बर अफ कमर्स तातोपानीका पूर्वअध्यक्ष जाङ्बु शेर्पाले अनलाइनखबरसँग भने, ‘तर, पहिरो खस्ने क्रम नरोकिएकोले जोखिम भने कायमै छ ।’

भूकम्पले पहाडी भूबनोट कमजोर रहेकाले पहिरो र ढुंगा खस्ने क्रम रोकिएको छैन । तर चिनियाँ टोलीले डोजर लगायतका साधन प्रयोग गरी बाटो खुलाउने काम गर्दै आएको छ ।

नेपालको तातोपानी भन्सारमा रोकिएका केही कन्टेनर र गाडीहरु बुधबार काठमाडौंतर्फ आएका छन् ।

शेर्पाले बाटो खुले पनि नेपाल-चाइना ब्यापार सुचारु हुन भने अझै केही समय लाग्नसक्ने बताए । तातोपानी नेपाल र चीनको प्रमुख ब्यापारिक केन्द्र हो ।

उनले भने, ‘नेपालतर्फ बाटो क्लियर भए पनि चाइनातर्फ अझै क्लीयर हुने छाँट छैन, पहिलेको जस्तै ब्यापार सुरु हुन त कम्तिमा ३ महिना जति लाग्ला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment