Comments Add Comment

शेष घले धनका अरबपति कि मनका ?

वसन्त रानाभाट

संसद भवनमा बैठक बस्दाबस्दै भूकम्प गयो,सबै भागाभाग गरे,मन्त्री परिषद्को बैठकबाट नै मन्त्रीहरु भागाभाग गरे यो कुनै अस्वभाविक कुरा नै होईन। हाम्रो जीवनको जो कोहीलाई मायाँ हुन्छ त्यारो हुन्छ। भूकम्पले बढी जोखिम भएका क्षेत्रहरुबाट सुरक्षित स्थान तर्फ सबै जना लाग्न थाले। सद्दे घरहरुमा पनि बस्ने वातावरण बनेन खुल्ला चौर र सडकहरु नै रोजिए। जुन भूकम्पीय दृष्टिकोणबाट बढी सुरक्षित बाटो पनि यसलाई अस्वाभाविक ठान्नै भएन।

भूकम्प जाँदै गर्दा एउटा अभिभावकले हातले डोराउँदै परिवारमा कति जनाको ज्यान जोगायो होला। त्यो आँफूसँगै आफ्नो सदस्यलाई गरेको मायाँ हो, उद्दार पनि हो। हामीले तस्वीरमा यो पनि देखेर रोएका छौ, एक अर्काको हात समाई रहेको अबस्थामा कति जोडीहरुले ज्यान गुमाएका छन्। मर्ने बेला सम्म पनि मायाँको तागत त्यस्तो हुने रहेछ एक अर्काको विश्वास कति बलियो हुने रहेछ, सँगै मर्ने सँगै बाँच्ने भनिन्थ्यो त्यो त्यसै भनिएको रहेनछ।

हाम्रो आशिष लाग्छ भने घले जोडी सयौ वर्ष बाँचोस्, भूकम्पले हल्लिरहेको देशमा जोखिम मोलेर आफ्ननी पत्नी जमुना गुरुङ्को हात समाउँदै एक उद्दारक बने। पीडितलाई सिन्धुपाल्चोक, गोरखा, लम्जुङ, नुवाकोट, रामेछाप, काभ्रे, दोलखा, धादिङ, रसुवा, सोलुखुम्बु लगायतका जिल्लाहरुमा पुगेर टुहुरा बनेका नेपालीहरुलाई भेटे । उनको पहिचान अस्ट्रेलियाका एक अरबपतिको भन्दा बढी नेपाली मनका अरबपति हुन् भन्दा उपयुक्त होला।

वसन्त रानाभाट
वसन्त रानाभाट

मन्त्रीहरु,सभासद,सर्बसाधारण सबैलाई ज्याँनको मायाँ त हुन्छ नै त्यसैले त भाग्नु पर्यो। भाग्नुलाई मैले अस्भाबिक ठान्दिन र ठान्न साहेद उचित पनि हुँदैन। भूकम्पले न त राष्ट्रपति भन्छ न त प्रधानमन्त्री,के गरिब के धनी ? गैरआबासीयहरुको मन कमजोर बनाएँनन् ।

आफू बसेको सुरक्षित देशहरुलाई छोडेर हल्लिएकी, रोएकी, चिच्चाएँकी नेपाल आमाको आँशु पुछन घर फर्किएँ । आफूलाई निडर साबित गर्दै भत्केका घरहरुमा पसे।

ज्याँनको मात्र मायाँ मान्ने भएँ प्रबासमा नै ठुलो रकम उठाएका पठाउन सक्थे होला तर अहिले पैसा र राहतको मात्र होईन, मायाँ र ममताको पनि खाँचो छ भन्ने उनीहरुको बुझाई एकदमै सही बन्यो । ७.३ रेक्टर स्केलको दोश्रो ठुलो भूकम्पको सामाना देशमा नै बसेर गरे। भूकम्पको पिडालाई नजिकबाट बुझे। घले लगायत गैरआबासीय नेपाली संघका उपाध्यक्ष भवन भट्ट,महासचिब कुमार पन्त लगायतका थुप्रै एनआरएनका अभियन्ताहरुलाई लाखौ गैरआबासीयहरुको तर्फबाट धन्यबाद,कृतज्ञता र सलाम।

उनको पहिचान अस्ट्रेलियाका एक अरबपतिको भन्दा बढी नेपाली मनका अरबपति हुन् भन्दा उपयुक्त होला।

गैरआवासीयहरु भूकम्पले प्रभावित जिल्ला जिल्लाहरुमा पुग्दा अर्को तर्फ प्रबासमा ठुलो बिश्वास बढ्यो। सधैँ देशका विपत्तिहरुमा खल्तीबाट सहयोग गर्दै आएका प्रवासीहरु खुल्ला उदार मनले सहयोग गर्न जुटे। पठाएको रकम त आफनै हातले गैर आबासीयहरुले बाँड्दै छन् भन्ने बिश्वासका कारण सम्भवत हरेक देशमा अन्य बेलाको भन्दा बढी सहयोग रकम जुट्न सफल भयो। एक त देशमा परेको महाविपत्ति र अर्को तर्फ प्रबासी दाजुभाई दिदीबहिनीहरु राहत लिएर गाँउ गाँउ पुग्नुको बिश्वासले यो संभव भएको हो ।

आफ्नो परिवारका सदस्यहरु गुमाउँदा,आँफन्त गुमाउँदा, लाखौ नेपालीहरुको आँशु बगिरहदाँ, बर्षौदेखि विदेशमा पसिना चुहाई बनाएका घरहरु भत्कदाँ हजारौ घरबारबिहिन भएर सडकमा आईपुग्दा कुन नेपालीको मन नरोएको होला र ? यस्तो अवस्थामा प्रवासमा रहेका हरेक नेपालीहरुले दिल खोलेर सहयोग गरिरहेका छन्।

संघले राहत वितरण सँगै निशूल्क स्वास्थ्य शिविर पनि सञ्चालन गर्यो,जसले बिदेशमा रहेका कैयौ नेपाली चिकित्सक स्वास्थ्यकर्मीले दुखेको घाउँमा मलाम लगाएँ। परेको बेला देश प्रति आफ्नो जिम्मेबारीलाई पालना गरे।

Shesh Ghale, President of NRNमनका अरबपति घलेले आफ्नैले नेतृत्व लिदै पीडितलाई राहत मात्र बाँडेनन् उनीहरुका बिचार सुनेका छन्। स्थानीयहरुसँग छलफल गरेका छन्। ताकि बास्तबिक पीडितहरुको भाबना बुझेर साहेद जीवनमा नयाँ पाठ सिकेका छन्।भत्केका बस्तीहरुमा पुगेर त्रिपाल, कम्बल, चिउरा, चामल, चाउचाउ मात्र होईन, पीडितको रोदनलाई एक अर्का बीच बाँडेका छन्। साहेद उनीहरुकै मर्मलाई बुझेर होला गैर आबासीयहरुले एक हजार घर टहरा बनाई दिने घोषणा समेत गरे।

लाखौ घर भत्केका बेला हजारौ घर बन्नु समस्याको समाधान त होईन तर यो एउटा अभियानको शुरुवात मात्र हो। देशमा रहेका दलहरु,संघ सस्था,सहयोगी हातहरुले खुल्ला मनले सबैले यस्तै अभियानमा साथ दिने हो भने लाखौ घरहरु पुनर्निमाण हुन सक्छन्।

नेपालमा भूकम्प जाँदा अष्टेलिया सुरक्षित थियो। सुरक्षित स्थानमा बसेर नेपालमा भूकम्प पिडितहरुलाई २ अरब नै सहयोगको घोषणा गरेको भए पनि घले मनका अरबपति रहेछन् भन्ने शब्द आउँने थियो वा थिएँन तर भत्केका गाँउहरुमा आँफैले नेतृत्व लिँदै राहत बाँडदै गर्दा धेरैको आशिस बटुले। हरेक नेपालीले उनलाई यस्तै यस्तै शब्दले पुकारे होलान्। किनकी घरबार बिहिन भएर आँफन्त गुमाँएका लाखौ नेपालीहरुलाई मलाम लगाउँन,उनिहरुको चित्कारलाई सुनेर धैर्यता,शाहस,बिश्वास दिन तिनै बस्तीहरुमा पुग्न जरुरी थियो।

गैरआबासीय नेपाली संघले भूकम्प गएको ३ घण्टामा नै नेपाल फर्कने निर्णय गर्यो जुन संघको ईतिहासमा नै गरेको महत्वपूर्ण निर्णय थियो। देशमा परेको महाबिपत्तिमा प्रबासीहरुले गरेको सबै भन्दा उचित कदम थियो। जसको नेतृत्व शेष घलेले गरे,त्यसैले त मलाई दोधाँर बनायो घले धनका अरबपति कि मनका ?

शेष घले गैरआबासीय नेपाली संघका अध्यक्षले मात्र होईनन् उनि एक धनाढ्य पनि हुन्। सोझो अर्थमा भन्नु पर्दा उनीसँग धन सम्पति,ब्यापार ब्यबसाय सबै थोक छ । अहिले सम्मको बुझाईमा घलेलाई अरबपति भनेर पनि बुझ्ने गरिन्थ्यो त्यो अलि न्यायोचित लागेन। धन सम्पत्तिका अरबपति त हुन् नै त्यो भन्दा पनि उनि त मनका अरबपति पो रहेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment