- पहिरोले काली नदी थुनिएर बनेको ताल
१० जेठ, बेनी । भूकम्पको त्रासदी नसकिँदै म्याग्दी र त्यसका छिमेकी जिल्लाका बासिन्दालाई अर्को संकट आइलागेको छ ।
आइतबार विहानै कालीगण्डकी नदी थुनिएपछि म्यादी सदरमुकाम वेनीसहित नदी किनारका बस्ती जोखिममा परेका छन् ।
पहिरो खसेर बाँध बन्दा नदी ताल जस्तै बनेको छ । बाँध फुटेमा तल तिरका जिल्लाहरुमा समेत क्षति पुर्याउने खतरा छ । विहान २ बजेतिर पहिरो खसेको स्थानीयले बताएका छन् । तर, पहिरो खस्ने क्रम रोकिएको छैन ।
नदी नै थुनिने गरी कसरी खस्यो त पहिरो ? हेर्नुहोस् केही तस्वीर
तस्वीर : सुरज केसीको फेसबुक